संचारिका सहकर्मी सम्मानित


प्रकाशित मिति :2017-03-20 15:37:14

महिला खबर

चितवन । संचारिका सहकर्मी प्रतिमा सिलवाल र सिर्जना अर्याल नेपाल पत्रकार महासंघ चितवन शाखाद्धारा सम्मानित हुनुभएको छ ।
शाखाले आफ्नो ११ औँ अधिवेशनमा सिलवाल र अर्याल सहित ७ जना पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । सिलवाल संचारिका समूहद्धारा सञ्चालित समकोण टिभी कार्यक्रमका अनुसन्धानकर्ता हुनुहुन्छ भने अर्याल संचारिका चितवन शाखाका अध्यक्ष हुनुहुन्छ ।

महासंघले ५१ हजार १ सय ५१ रुपैंया राशिको मैयादेवि पत्रकारिता पुरस्कार गणशेखर शर्मालाई र ५० हजार १ सय ५१ रुपैयाँ राशिको अनन्तगंगा स्मृति पुरस्कार महासंघका संस्थापक जिल्ला अध्यक्ष गोपाल प्रसाद थपलियालाई प्रदान गरेको छ । त्यसैगरि जनही ११ हजार १ सय ११ रुपैयाँ राशिको उत्तरध्वज सुर्यमाया पत्रकारिता पुरस्कार गोपाल परियारलाई र बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कार प्रतिमा सिलवाललाई प्रदान गरेको हो ।

त्यस्तै १० हजार १ सय ११ रुपैयाँ राशिको सुजश्री मैयादेवि पत्रकारिता पुरस्कार सिर्जना अर्याललाई र जनही १० हजार १ सय ५१ राशिको स्वर्गिय तिलचन सांखी पत्रकारिता पुरस्कार दिपेन्द्र अधिकारी र रामकान्त पौडेललाई प्रदान गरिएको छ ।

अधिवेशनले राधेश्याम खतिवडाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा शान्ता अधिकारी सहित ४ जना महिला निर्वाचित भएका छन् । सदस्यमा प्रमिता ढकाल, रुपा बस्नेत र रीता ढकाल छन् । यसै गरी २४ जना केन्द्रीय सभासद्मा ६ जना महिला र २८ जनाको प्रदेश सभासद्मा ४ जना पत्रकार महिला निर्विरोध चयन भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: