भिडियो भ्यानमार्फत सचेतना


प्रकाशित मिति :2017-03-21 14:13:38

अप्रिल अधिकारी

रामेछाप । सदरमुकाम मन्थलीबाट पहिलो पटक महिला हिंसा, चेलीबेटी बेचविखन, बालविवाह र बालश्रम शोषण सम्बन्धी सकारात्मक सन्देश सहितको भिडियो भ्यान सचेतना कार्यक्रम सुरु गरिएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान(इह्रिकन) को आयोजना र संचारिका समूह जुरी नेपालको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमको सोमबार रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले भिडियो भ्यानका लागि तयार गरिएको गाडीको रिवन काटेर उद्धघाटन गर्नु भएको थियो ।

अभियान सदरमुकाम सहित जिल्लाका ६ स्थानमा देखाउने कार्यक्रम रहेको इह्रिकनकी कार्यक्रम संयोजक रोस्ली पोख्रेलले जानकारी दिनुभयो । महिलाले कसरी न्याय पाउन सक्छन् भन्ने सन्देश सहितको बृतचित्र, विभिन्न घटनामा आधारित सडक नाटक, सामाजिक सवालमा सरोकारवालासँग तत्कालको अन्तरक्रिया, प्रश्नोत्तर सहितको मनोरन्जन र सहभागीको चेतनास्तर मूल्याङ्कन सहितको एकीकृत कार्यक्रम एउटा नौलोपना प्रस्तुत हो । पाइलट कार्यक्रमको रूपमा रहेको भिडियो भ्यान सचेतना कार्यक्रम सदरमुकामको देवकोटा चोक नजिक र सदरमुकामकै अति सिमान्तकृत माझी जातिको बस्ती रहेको तीनलालको पार्कमा समेत प्रदर्शन गरिएको थियो ।
स्थानीय कलाकारहरूले महिला हिंसा, चेलीबेटी बेचबेखिन, बाल विवाह अन्त्य, बालश्रम शोषणको अन्त्य कसरी गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश सहितको नाटकको समाप्ति गर्ने कलाले कार्यक्रम उपस्थित सबैले मनोरन्जन लिएका थिए । बच्चादेखि बृद्धासम्मको उपस्थित रहेको उक्त कार्यक्रम प्रभावकारी र सन्देश मूलक रहेको प्रतिक्रिया अधिकांशले दिएका थिए । मन्थली नगरपालिकाकी ६५ बर्षिया बृद्धा भक्त कुमारी ढूंगेलले बुढेसकालमै भए पनि ज्ञानका कुरा सिक्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘मलाई त यतिको ज्ञान प्राप्त भयो भने अहिलेका बालबालिका र युवा युवतीका लागि यो साह्रै राम्रो कुरा हो ।’ ढुंगेलले भन्नुभयो–‘हाम्रो पालामा यस्तो केही थाहा थिएन धन्न यति बेला आएर भए पनि थाहा पायौं ।’ सामाजिक कार्यकर्ता सम्झना श्रेष्ठले समाज र देशको वास्तविक यर्थाथतालाई प्रस्तुत गरी परिवर्तन कसरी गर्न सकिन्छ भन्ने आम मानिसलाई मनोरन्जन सहित सन्देश दिने यस्तो कार्यक्रम उपयुक्त र यसले दिने सन्देश दीर्घकालीन हुने बताउनु भयो ।
बृद्धा आइती माझीले पढ्नलेख्न नजानेपनि नाटक हेरेर हिंसा सहेर बस्न नहुने कुरा थाहा पाएको बताउनुभयो । छोटो समयको तयारीमा माझी समुदायमा देखाइएको प्रदशनी हेर्न माझी समुदायका महिलाहरूको बाक्लै उपस्थिति थियो ।

सदरमुकाम मन्थलीमा सञ्चालन गरिएको कार्यक्रम पश्चात् जिल्ला समन्वय समिति रामेछापका सामाजिक विकास अधिकृत गोविन्द कट्टेलले कार्यक्रम समाजको वास्तविकतामा आधारित रहेको प्रतिक्रिय दिनु भयो । यसले समाजमा सकारात्मक सन्देश दिने भन्दै आगमि दिनमा यस्तो कार्यक्रम गर्न समन्वयकारी भूमिका खेल्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रले नाटकद्धारा महिला हिंसा, चेलीबेटी बेचविखन, बालबिवाह, बालश्रम न्युनीकरणमा टेवा मिल्ने बताउनुभयो । यो कार्यक्रम मंगलबार र बुधवार जिल्लाको नागदह, बिजुलीकोट र खिम्तिका ४ स्थानमा देखाइने जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: