सम्मानपूर्वक जीवनयापन गर्न देउः एकल महिला


प्रकाशित मिति :2017-03-21 17:33:01

पार्वती पाण्डे

कपिलवस्तु । एकल महिलालाई आत्मसम्मानपूर्वक जीवनयापन गर्ने वातावरण सृजना गर्नुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । शिवराज नगरपालिकाको खरेन्द्रपुरमा आयोजित ‘एकल महिला कानुनी सचेतना अभिमुखीकरण’ कार्यक्रममा सहभागीहरुले एकल महिला समाजमा विभिन्न किसिमका हिंसाको शिकार हुनुपरेको औल्याए ।

प्रमुख अतिथि इलाका प्रशासन कार्यालय चन्द्रौटाका शाखा अधिकृत जगदीश अर्यालले महिला हिंसा न्यूनीकरणका लागि शिक्षा र चेतनाको खाँचो रहेको औल्याउनुभयो । राज्यबाट महिला हिंसाका घटनालाई न्यूनीकरण गर्न ठूलो प्रयास भइरहेको बताउँदै हरेक व्यक्तिको सोँचमा परिवर्तन ल्याउनुपर्ने अर्यालको भनाई छ ।

एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म हिंसाका घटनामा कमी नआउने सामाजिक न्यायका लागि एकल महिला सञ्जाल शिवराज नगरका अध्यक्ष भगवती के.सी. बताउनुहुन्छ । उनीहरूका लागि राज्यले सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

अभिमुखीकरणमा सहजीकरण गर्दै अधिवक्ता शम्भु सेन र महिला अधिकारकर्मी मिना परियारले एकल महिलालाई समाजमा आत्मसम्मानपूर्वक बाँच्ने वातावरण बनाउन उनीहरूलाई आत्मनिर्भर बनाउनुपर्ने र समाजमा सकरात्मक सन्देश दिन जरुरी रहेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: