उचित तथा समान ज्यालाको माग गर्दै सर्वाेच्वमा रिट


प्रकाशित मिति :2017-03-22 10:23:54

महिला खबर

काठमाडौँ । उचित ज्याला तथा समान ज्यालाको अधिकार व्यवहारिक रूपमा कार्यान्वयन गराउन परमादेश जारी गर्न माग गर्दै कानुन व्यवसायीहरुले मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरिएका छन् ।

न्याय तथा अधिकार संस्था (जुरी नेपाल) का अध्यक्ष तथा अधिवक्ता राजु प्रसाद चापागाई, अधिवक्ता शशि बस्नेत, अधिवक्ता विष्णुप्रसाद पोखरेल र नेपाल कानुन क्याम्पसमा अध्ययनरत रविना फुयाँलले संयुक्त रूपमा नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय विरुद्ध रिट निवेदन दिएका हुन् । समान मूल्यको कामका लागि समान ज्याला प्राप्त गर्ने अधिकार कानुनी रूपमा संरक्षित रहेपनि व्यवहारमा नभएको भन्दै उनीहरूले सबै क्षेत्रमा उचित र समान ज्याला लागू गर्नुपर्ने मुद्धा उठाएका हुन् ।

यसका लागि विशिष्ट ऐन तथा नियमावली बनाउन, श्रम शोषण गर्ने कार्यलाई दण्डनीय अपराधको रूपमा परिभाषित गर्न, ग्रामीण तथा शहरी क्षेत्रमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने अन्यायमा परेका श्रमिकलाई कानुनी पहुँचमा पर्याउन, कृषि, निर्माण, यातायात तथा घरेलु श्रम लगायत सबै श्रम क्षेत्रमा श्रम अधिकारी कार्यान्वयन भए नभएको नियमित अनुगमन तथा निरिक्षण प्रभावकारी बनाउन, अदक्ष, अर्ध दक्ष तथा दक्ष कामदारका लागि न्यूनतम ज्याला तथा पारिश्रमिक दिलाउन तथा बढ्दो महंगीलाई मध्यनजर गरी प्रत्येक वर्ष पुनरावलोकन गरी कायान्वयनमा ल्याउन सर्वाेच्वले यथाशिघ्र परमादेश जारी गर्नुपर्ने उनीहरूको माग छ ।

यसै गरी काठमाडौँ बाहिर श्रम अदालतका कार्यालय स्थापना गर्नुपर्ने, उजुरी सुन्ने निकाय तोक्न वा वैकल्पिक प्रबन्ध गर्न माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: