कपिलबस्तुमा ५ सय २५ बालविकास केन्द्र


प्रकाशित मिति :2017-03-22 12:35:05

पार्वती पाण्डे

कपिलवस्तु । प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले ५ वर्ष मुनिका बालबालिकाको मानसिक र शाररिक स्वास्थ्य विकास गराउने बालविकास केन्द्रहरु व्यवस्थित गर्न शिक्षक, अभिभावक र सरोकारवाला सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आजका स्वस्थ बालबालिका भविष्यमा देशको असल नागरिक बन्ने हँुदा उनको खानपान, हेराई, सिकाई राम्रो हुनुपर्ने प्रजिअ ढकालको जोड छ । यसका लागि जिल्लाका सबै बालविकास केन्द्रको अवस्था पहिचान गरी व्यवस्थित गरिने उहाँको भनाई छ ।

जिल्लामा हाल ५ सय २८ बालविकास केन्द्र रहेपनि सबै मापदण्ड अनुरूप छैनन् । १० वटा स्रोत केन्द्रमा रहेका वालविकास केन्द्रमा समस्या नभएपनि ३ वटा केन्द्रमा समस्या देखिएको सहायक जिल्ला शिक्षा अधिकारी सूर्य भुषालले बताउनुभयो । उहाँले पर्सोहिया, बहादुरगञ्ज, तौलिहवा केन्द्रको भौत्तिक संरचना अभाव भएकोमा समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत वासुदेव जमरकट्टेलले भौतिक संरचना नभएका करिब ३० वटा केन्द्रमा भवन निमार्ण गरिएको जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत विष्णु जयसवालले वालविकास केन्द्रहरुमा छिटै पोषणको कार्यक्रम लैजाने बताउनुभयो ।

२ वर्षदेखि ५ वर्ष मुनिका नानीवावुहरु केन्द्रमा आनीबानी सिक्नुका साथै कक्षा १ मा पढ्नका लागि तयारीमा पुग्ने अभिभावक निता भुषाल बताउनुहुन्छ । सेभद् चिल्डे«नको सहयोगमा जिल्लामा सेतो गुरास , सनसाइन , कालीका , लिडो नेपालले काम गरिरहेका छन् ।
हाल ५ सय २८ वालविकास केन्द्रमा ६ हजार ९ सय २१ बालबालिका रहेको शिक्षा कार्यालयको दाबी छ ।

केन्द्र व्यवस्थापनका लागि सेभद् चिल्ड्रेनको आर्थिक सहयोगमा सेतो गुरासले तालिम र प्राविधिक सहयोग र सनसाइन, कालीका, लिडोले भौतिक निमार्णमा सहयोग गर्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: