पूर्वेली महिला नेतृत्व हाँक्ने होडमा


अधिकार नदिए खोसेर लिन्छौ

प्रकाशित मिति :2017-03-22 14:24:03

लिलाराज भटराई

सुनसरी । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको चहल पहल बढेसँगै पूर्वेली महिलाहरू नेतृत्व हाँक्ने होडमा देखिएका छन् । वडा सदस्यमा ४० प्रतिशत र गाउँ तथा नगरपालिका प्रमुख तथा उपप्रमुख मध्ये एक महिला उम्मेदवार उठाउनुपर्ने व्यवस्था गरेसँगै महिलाहरू उत्साहित भएका हुन् ।

चुनावको ब्यग्र पखाइमा रहेका सुनसरी, मोरङ र झापाका महिला नेतृहरु अब अधिकार नदिए खोसेरै लिने बताएका छन् । महिला भोट बैक मात्र नभएर नेतृत्वमा कम्तीमा ५० प्रतिशत सहभागिता गराउने नेकपा एमालेकी केन्द्रीय सदस्य शिवमायाँ तुम्वाहाम्फे बताउनुहुन्छ । दलहरूले उपप्रमुख वा सदस्यमा मात्र सिमिति गरिए अस्वीकार गर्ने नेतृहरुको अडान छ । वडा अध्यक्ष र नगर प्रमुखमा महिलालाई ल्याउन आ आफ्नो दलमा हस्तक्षेपकारी दबाब सृजना गर्ने समेत उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

नेपाल महिला सङ्घ झापाकी सभापति शुशिला ढकालले महिलालाई नेतृत्वमा ल्याउन आफू जस्तो जुकै लडाई लडने बताउनुभयो । अधिकार नदिए खोसेर लिन पनि आफूहरुले जानेको उहाँले बताउनुभयो । अखिल नेपाल महिला सङ्घ झापा अध्यक्ष जसमाया गजमेर पनि यो अवसरको सही सदुपयोग गर्न कुनै कसर बाँकी नराख्ने पक्षमा हुनुहुन्छ । अध्यक्ष गजमेरको प्रस्ट धारणा छ, आरक्षणका पदमा मात्र महिलालाई पठाएर अरू पदमा पुरुषले नै हालिमुहाली गर्ने कुरा अव नसोचे हुन्छ । उहाँले जुनसुकै दलको भए पनि महिलाले महिलालाई नै भोट हाल्ने समेत बताउनुभयो ।

सुनसरीका महिलामा पनि चुनावको उत्साह थपिएकोे छ । स्थानीय निकाय जनप्रतिनिधि नहुँदा र महिला निर्णयक तहमा नपुग्दा महिलाका नाममा छुटिदै आएको बजेट समेत दुरुपयोग हुँदै आएको उनीहरूको आरोप छ । स्वायत्त शासन ऐनले स्थानीय निकायको योजना तर्जुमा गर्दा महिला प्रत्यक्ष रूपले लाभान्वित हुने र बालबालिकाको हितमा लगानी गर्नुपर्छ भनेको छ । त्यसैले पनि स्थानीय तहको अबको निर्वाचनमा महिला नेतृत्वमा पुग्नुपर्ने नेपाल महिला सङ्घ सुनसरीकी अध्यक्ष विजया कटुवालको धारणा छ । नेपाली जनताले चुनाव चाहेको र आगामी दिनमा हुने निर्वाचले महिलाका निम्ति अवसर र चुनौती दुवै ल्याउने नेकपा एमाले सुनसरीकी महिला नेतृ निरा आचार्य बताउनुहुन्छ । संविधानले प्रत्यभूत गरेको अधिकारको पूर्ण सदुपयोग गर्नुपर्ने उहाँको जोड छ । नेपाल महिला सँघकी केन्द्रीय सदस्य सीता कार्की महिलामा नेतृत्व लिन सक्ने क्षमता बढेको वताउनुहुन्छ । स्थानीय निर्वाचन महिलाका लागि अवसर भएकाले आरक्षण कोटामा मात्र सीमित नभएर पुरुषसगँ प्रतिस्प्रर्धामा उत्रिन डराउन नहुने उहाँको भनाई छ ।

स्थानीय निकायमा पहिलो पटक २०५४ सालमा महिला सहभागिता सुनिश्चित गरिएको थियो । २०५४ सालमा ७५ जिल्ला, ५८ नगरपालिका र तीन हजार नौ सय पन्ध्र गाविसका २ लाख ५६ हजार जनप्रतिनिधि मध्ये २६ दशमलव ७२ प्रतिशत अर्थात् करिब ७० हजार महिला जनप्रतिनिधि थिए । त्यति वेला देशभरमा जम्मा १७ जना महिला गाविस अध्यक्ष भएका थिए ।

यस पटक ७ सय ४४ स्थानीय तहमा ३६ हजार बढी जनप्रतिनिधिमा ४० प्रतिशतको हाराहारी महिला सदस्यमा निर्वाचित हुनेछन् । प्रमुख पदमा भने जित सुनिश्चित छैन । त्यसैले नेतृत्व तहमा महिला उठाउनका लागि दवावमूलक कार्यक्रमसगै महिला केन्द्रित मतदाता शिक्षा, महिला सशक्तिकरण जस्ता जागरणमूलक कार्यक्रम गर्न सबै सरोकारवालाहरुलाई आग्रम गर्छन् महिला नेतृहरु । यदापि अहिले पनि पूर्वीका धेरै जिल्लाहरूमा महिला प्रतिनिधित्व दर्विलो बनाउन क्षमता विकासका कार्यक्रमहरू भने भैरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: