प्रवासीले गरे मृगौला पीडित महिलालाई सहयोग


प्रकाशित मिति :2017-03-22 17:23:08

सन्दिप विक

काठमाडौँ । लमजुङ सम्पर्क समिति युएईले लमजुङकै एक मृगौला पीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौला खराब भएर नेशनल डायलसिस सेन्टर काठमाडौँमा उपचार गराइरहेकी बाहुनडाँडा ५ की खुशमाया घलेलाई नगद एक लाख पच्पन्न हजार नौ सय अठहत्तर रुपैँया सहयोग गरेको हो ।

घलेको आर्थिक अवस्था अत्यन्तै नाजुग भएकाले सहयोग गरेको लमजुङ उत्तरकन्या घर भई हाल युएइमा रहेका समितिका सदस्य शिवजंग नेपालीले जानकारी दिनुभयो ।

घलेको उपचारका लागि समितिले युएइमा रहेका नेपालीहरुसंग आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो । सहयोग रकम घलेलाई समितिका सल्लाहकार राजु घले, नायिक आश्मी गुरुङ र युवा समाजसेवी गोविन्द तामाङले संयुक्त रूपमा रकम हस्तान्तर गरेका हुन् । यसअघि घलेलाई लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले पनि १० हजार रुपैयाँ सहयोग गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: