आर्थिक अभावले बालिकाको उपचार हुन सकेन


प्रकाशित मिति :2017-03-23 11:38:04

दीपबहादुर घर्ती

जाजरकोट । कुशे गाउँपालिका, ६ घरंगाकी प्रतिमा सिंहले जन्मिएको एक वर्ष नपुग्दै बुवा गुमाउनु पर्‍यो । अहिले उनी ११ वर्षकी भइन् । तर उनी बोल्न सक्दिैनन, बोल्न नसक्ने मात्र हैन उठेर हिड्डुल पनि गर्न सक्दिनन् ।

टाउको घुमाई रहने प्रतिमाले कपडामै दिसापिसाव गरेको पनि थाहा पाउँदिनन् । खाना पनि अरूले नै खुवाउनु पर्ने आमा ललिताले वताईन् । बुबाको निधनपछि आमा लोलिताले उनको स्याहार गर्दै आएकी छिन् तर छोरीको अवस्था देखेर उनी अत्यन्त चिन्तित बनेकी छिन् । प्रतिमाको अवस्था यस्तो भए पनि उनले अहिलेसम्म कुनै औषधीउपचार पाएकी छैनन् ।

जन्मजात दीर्घ रोगी बन्न पुगेकी प्रतिमाको आर्थिक अभावका कारण उपचार गराउन नसकेको आमा लोलिताले बताइन् । ‘म एक्लो ज्यानले खाना लाउन जुटाउन मुस्किल छ, लोलिताले भनिन्–उपचार गर्नलाई कुनै उपाय भएन ।’
आमा र शिशु दुवैको स्वास्थ्यका लागि भन्दै अहिले गाउँगाउँमा सुनौलो हजार दिनको चर्चा सुनिन्छ । तर लोलिताको आमा छोरीले त्यो अवसर न पाए । न त यसबारेमा उनीहरूलाई जानकारी नै छ । ‘जहाँ पातलो त्यही चुहिने’ भन्ने पुरानो भनाइको सत्यता आफ्नो घरमा लागु भएको ललिताले वताईन् । कान्छी छोरी प्रतिमा जन्मेकै वर्षमा श्रीमान् कल्दर सिंहको मृत्यु भएपछि अरू दुई छोरा र जेठी छोरीको लालनपालनको जिम्मेवारी पनि लोलिताकै काँधमा थपिए ।

अहिले जेठी छोरीको विवाह भैसकेको छ । जेठो छोरा १८ वर्षको भए पनि आर्थिक अभावका कारण पढाउन नसकेकाले कुनै काम नपाएको उनले बताइन् । १४ वर्षीय कान्छो छोरा कैलास भने गाउँकै स्कुलमा कक्षा ५ मा पढ्दैछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: