उपचारको क्रममा महिलाको मृत्यु भएपछि मेडिकलमा तोडफोड


प्रकाशित मिति :2017-03-23 12:16:26

कर्जन्हा गाउँपालिका २ बन्दीपुरस्थित राईन मेडिकेयर सेन्टरमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि आक्रोसित आफन्तले क्लिनिक तोडफोड गरेका छन् ।

यमुना खनाल

सिरहा । कर्जन्हा गाउँपालिका २ बन्दीपुरस्थित राईन मेडिकेयर सेन्टरमा उपचारका क्रममा महिलाको मृत्यु भएपछि आक्रोसित आफन्तले क्लिनिक तोडफोड गरेका छन् । कर्जन्हाकी २५ वर्षीया रेखादेवी मुखियाको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

अनुहारको डण्डीफोर हटाउने भन्दै सञ्चालकले शल्यक्रिया गराउन मंगरबार दिउँसो सेन्टरमा भर्ना भएकी मुखियाको शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएर ज्यान गएको मृतककी सासु मसिहादेवी मुखियाले बताउनुभयो । ‘भर्ना लगत्तै ५/६ बोतल स्लाइन दिए, बेहोस गराएर अनुहारको शल्यक्रिया गरे । तर रगत थामिएन’ सासु मसिहादेवीले रुदै भनिन् ‘रगत नथामिएपछि बेहोस अवस्थामै कर्जनहास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदा बोटोमै मृत्यु भयो ।’ एक छोरा र एक छोरीकी आमा समेत रहेकी रेखादेवीकी पति रोजगारीको सिलसिलामा कतारमा छन् ।

आक्रोशित आफन्तले उपचारमा लापरबाही गरेकाले मुखियाको मृत्यु भएको र सेन्टर दर्ताविना सञ्चालन गरिरकेकाले खारेज गर्न माग गरेका छन् । राईन मेडिकेयरका सञ्चालक ताहिर राइनलाई पक्राउ गरी र अनुसन्धान र्भरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: