कान र ओठ गुमाईन् केसरीले


उपचारमा सगाउन अपिल

प्रकाशित मिति :2017-03-23 13:42:36

सन्दिप विक

लमजुङ । वर्षले ५ टेकिन् पूर्वी लमजुङको नौथर–६ कामचोककी केसरी गुरुङ । गाउँकै स्कुलमा पढ्न पनि जान थालेकी छिन् ।

तर उनले सानैमा दाहिने कान र ओठ गुमाउनु परेको छ । जन्मेको हप्तादिनमै अज्ञात रोगका कारण छोरीले कान र ओठ गुमाउनु परेको बाबु कुम्भराजले बताए । ‘जन्मन्दा रामै थियो, हप्ता दिनपति बिस्तारै यस्तो समस्या हुन थाल्यो ।’ कुम्भराजले भने ।

उनका अनुसार छोरीको दाहिने कानको लोदी खुम्चिएको छ भने मुखको छाला झोलिएर सुनिएजस्तो भएको छ । अर्काे कान राम्रै छ । तर उनलाई सुन्न र खाना भने समस्या देखिएको छ । पछि झन् समस्या होला भनेर चिन्ताले सताएको कुम्भराजले बताए ।

उपचारका लागि जिल्लाका धेरै अस्पतालमा पुरयाएपनि रोग के हो भनेर डाक्टरहरुले समेत पत्ता लगाउन नसकेको उनले बताए । ऋण धन गरेर पैसा पनि लाख बढी खर्च गरे । तर रोग पहिचान भएन ।

आर्थिक अभावका कारण जिल्ला बाहिराका ठूला अस्पताल लैजान नसकेको आमा समाले दुखेसो पोखिन् । ‘ऋणधन गरेर धेरै पटक अस्पताल पुरयाए, रोग पत्ता लागेन । ठूलो ठाउँमा लैजाने आँट छैन ।’ समाले भनिन् । उनले छोरीको उपचारमा सगाउन सवैसगँ अपिल गरेकी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: