निर्वाचनमा महिला सहभागिता बढाउन अधिकारकर्मीको जोड


प्रकाशित मिति :2017-03-23 16:23:45

महिला खबर

काठमाडौँ । राज्य पुनः संरचना र स्थानीय निर्वाचनमा महिला सहभागिता सम्बन्धी राष्ट्रिय परार्मश गोष्ठी बिहीबार सम्पन्न भएको छ ।

गोष्ठीमा जिल्ला विकास समिति महासंघ नेपालका पूर्व प्रमुख कृष्ण प्रसाद सापकोटाले राज्यको तहगत प्रणाली र स्थानीय सरकारको संरचना बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले सविधानले नै स्थानीय निकायलाई अधिकार सम्पन्न बनाएको र आगमि निर्वाचनमा वडामा मात्रै १६ हजार ५ सय ९९ पद महिलाका लागि सुनिश्चित हुने दाबी गर्नुभयो । अधिवक्ता इन्दु तुलाधरले नेपालको संविधान र राज्यका निकायमा महिला सहभागिता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै स्थानीय चुनावमा महिलाको उम्मेदवारी सुनिश्चित गरिएपनि जित्ने सुनिश्चितता नभएको बताउनुभयो । उहाँले वडामा यत्ति नै संख्यामा महिला आउनेछ भन्ने अहिले नै यकिन गर्न नसकिने बताउनुभयो । ‘अहिले नै ५० प्रतिशत, ४० प्रतिशत वा ३७ प्रतिशत भनेर भन्न थालिएको छ तर, यति नै महिला आउने भन्ने थाहा छैन । संविधानले महिलालाई दिएको आधारभूत अधिकारसँग यो बाझिएको छ’, उहाँले भन्नुभयो ।

जागरण नेपालको संयोजनमा आयोजित उक्त कार्यक्रममा सांसद द्धय रामेश्वर फुयाँल र रामहरि खतिवडा, नेकपा माओवादी केन्द्रकी अमृता थापा मगर, नेता जनक चालिसे, एमालेकी थममाया थापा लगायतका नेता तथा अधिकारकर्मी सलोनी सिंह र शर्मिला कार्कीले वडा, गाउँपालिका, नगरपालिका तथा जिल्ला सभामा महिलाको सहभागिता बढाउनुपर्ने बताएका थिए ।

सो अवसरमा सहभागीहरुले मतदाता शिक्षा प्रभावकारी बनाउन र महिला सहभागितालाई सक्रिया र अर्थपूर्ण बनाउनुपर्नेमा जोड दिए । साथै नेतृत्वमा महिलालाई जिताउन दलहरूले पहल गर्नुपर्ने बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: