महिलालाई व्यावसायिक तालिम


प्रकाशित मिति :2017-03-24 10:44:02

बेलिना थापा

लमजुङ । पूर्वी लमजुङको भारते ८ र ९ मा गठन गरिएको ‘महिला काममा बालबालिका विद्यालयमा’ नामक महिला समूहलाई ७ दिने समूह व्यवस्थापन, बचत तथा क्रृण परिचालन र व्यावसायिक योजना निर्माण सम्बन्धी तालिम दिइएको छ ।

श्लिषा लमजुडको आयोजनामा भएको उक्त तालिममा नेतृत्व विकास, बचत परिचालन, बैठक सञ्चालन प्रक्रिया, सफल र असल व्यवसायी बन्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

सो अवसरमा महिलाहरूले आ आफ्नो व्यावसायिक योजना बनाएर प्रस्तुत गरेको संस्थाका लमजुड टिम लिडर केशव अधिकारीले जानकारी दिनु भयो ।

संस्थाका एलिजा मगर, मिना अधिकारी सरस्वति राई, रजिना गुरुड लगायतले प्रशिक्षण दिनु भएको थियो । तालिममा २७ जना महिला सहभागी थिए । तालिम लिएका महिलालाई व्यवसाय गर्नका लागि प्रोत्साहन गरिने संस्थाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: