घाइते सांसद दुलारी देवीको निधन


प्रकाशित मिति :2017-03-24 12:19:28

महिला खबर

काठमाडौं । गाडी दुर्घटनामा गम्भीर घाइते हुनुभएका सांसद दुलारी देवीको बिएन्डबी अस्पताल, ललितपुरमा उपचारका क्रममा बिहिबार निधन भएको छ ।

यही ३ चैतमा भारतको सीतामढीमा भएको गाडी दुर्घटनामा उहाँ घाइते हुनुभएको थियो । मोटरसाइकलमा सवार देवीलाई ट्रकले ठक्कर दिँदा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो ।

उहाँलाई भोलिपल्ट राजधानी ल्याइ उपचारको लागि बिएन्डबी अस्पताल पुर्याइएको थियो।

सर्लाही ब्रह्मपुरी–८ बाट नेकपा (एमाले)का तर्फबाट समानुपातिक सांसद देवीका पति, दुई छोरा र दुई छोरी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: