नाबालिका छोरी बनिन् दृष्टिबिहिन आमाको साहारा


प्रकाशित मिति :2017-03-24 18:29:26

यमुना खनाल

सिराहा । लहान नगरपालिका, १ की पार्बती दास उमेरले सानै छिन् । तर ७ वर्षकै उमेरमा उनको काँधमा ठूलो जिम्मेवारी आएको छ । संसार देखाउने आमा दशर्नी दास दृष्टीविहिन भएकाले पार्वतीले उल्टै आमालाई संसार चिनाइरहेकी छन् । चुलोचौकाको जिम्मेवारी नै उनलाई भएपछि पार्वती बिहान सवेरै उठ्छिन् । खाना बनाउछिन् अनि आमालाई समेत खाना खुवाएर दिनको काम सुरु गर्छिन् । आमाको लुगा धोई दिने र अरू आवश्यक सरसामाग्री तयार पार्ने काम उनको दैनिकी हो । आमाको रेखदेख गर्नुपर्ने भएकाले उनले स्कुल समेत जान  पाएकी छैनन् ।

गत वर्ष उच्च रक्त चापका कारण बुबोको निधन भएपछि नाबालिका पार्बतीको काँधमा आमाको जिम्मेवारी आएको हो । ‘यो छोरी नभएको भए, मेरो अवस्था के हुन्थ्यो सोच्न पनि सक्दिन, दशनीले भनिन्न्– सानै छे तर मैले उसैको साहाराले संसार हेरेर बाँचेकी छु ।’ विवाह भएको २० वर्षपछि मात्र दशनी दासकी एक सन्तानको रूपमा पार्बतीको जन्म भएको थियो ।

५५ बर्षिया दर्शनी भन्छिन् ‘बुढेसकालमै भए पनि छोरी जन्मिएकोले अहिले साहारा मिल्यो ।’ उनी कतै जानुपरयो छोरीले नै हात समाएर घुमाउन लैजान्छिन् । दशनीलाई छोरी स्कुल पठाउन तीव्र इच्छा छ । तर छोरी स्कुल गएपछि उनलाई रेखदेख गर्ने कोही छैन । उनले भनिन्– ‘मेरो आँखा नभएर संसार अध्यारो भयो, तर छोरीको दुवै आँखा हुँदाहुदै मैले गर्दा संसार अध्यारो हुने भयो ।’ आफूलाई खाना बनाई दिने, रेखदेख गरिदिने कोही पाए छोरीलाई स्कुल पठाउने उनको धोको छ ।

बस्नका लागि घर भए पनि कमाइ खुवाउने श्रीमान् नभएपछि दशनीकी आमा छोरीलाई अहिले दैनिक गुजरा चलाउन समेत मुस्किल छ । छोरी सानै भएकीले बाहिरी काम गर्न नसक्ने र आफ्नो उमेर बाँकी भए पनि आँखा देख्न नसक्दा रोजीरोटी गर्न मुस्किल परेको दशनीले दुखेसो पोखिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: