आमा समूहद्वरा बस सञ्चालन


प्रकाशित मिति :2017-03-26 11:12:16

बेलिना थापा

लमजुङ । जिल्लाको पश्चिमी भेगमा पर्ने नाल्मा गाउँका आमा समूहले आफ्नै सक्रियतामा सार्वजनिक बस सञ्चालनमा ल्याएका छन् । नाल्माको खुन्द्रुदेवी आमा समूहले गाउँदेखि सदरमुकाम बसीशहरदेखि आफ्नो गाउँसम्म चल्ने रुटमा बस किनेर सञ्चालन गरेका हुन् ।

गाउँलेलाई सदरमुकाम पुग्न समस्या भएपछि ऋण खोजेर बस सञ्चालन गरेको खुन्द्रुदेवी आमा समूहकी अध्यक्ष त्रिकाशी गुरुङले बताउनुभयो । समूहले करिब ३५ लाख रुपैयामा बस खरिद गरेका छन् भने करिब दुई लाख रुपैयाँ रुट प्रमिटका लागि तिर्नुपरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

सडक फराकिलो नहुँदा गाडी किनेको एक महिना थन्किएको थियो । अहिले नगरपालिकाको दुई लाख रुपैयाँ सहयोगसगै गाउँलेले बाटो फराकिलो बनाएपछि पुन सञ्चालनमा आएको अध्यक्ष गुरुङले बताउनुभयो । सदरमुकामसम्म सिध बस चलेपछि गाउँलेलाई निकै सहज भएको स्थानीय शिक्षक राजु गुरुङले बताउनुभयो ।

नाल्माका स्थानियबासीले करिब १० वर्षअघि उक्त बाटो आफ्नै लगानीमा बनाएका थिए । मोटरबाटोको ट्रयाक खोल्न स्थानियहरुले श्रमदान र चन्दा गरी ५० लाख भन्दा बढी लगानी गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: