सुटवुट लगाएकाको पहिला सुनुवाइ


प्रकाशित मिति :2017-03-26 15:57:35

लिलाराज भटराई
सुनसरी । मधेलीकी इन्दिरा खडगीले अदालत र प्रहरीले सुकिला मुकिलाको काम पहिले सुनुवाइ गर्ने तर सर्वसाधारणको आलटाल गर्ने गरेको गुनासो गर्नुभयो । सर्वसाधारणको न्यायमा पहुँच बुझ्न गाउँ पुगेका जिल्ला न्यायधिश अर्जुनप्रसाद कोइरालासँग उहाँले त्यस्तो गुनासो गर्नुभएको हो । ‘सुटबुट लगाएकाको कुरा पहिले सुनुवाइ गर्ने र हामी गाउँले मैलाधैलाको कुरा आलटाल गर्ने गरिन्छ ।’ सिमरियाकी सबिता चौधरीले थप्नुभयो ।

जिल्ला अदालत सुनसरी, इह्रिकन र जुरी नेपालको संयुक्त आयोजनामा सुनसरीको सिमरियामा भएको ‘न्यायिक वाहय पहुँच’ विषयक अन्तरक्रियामा सर्वसाधारणले न्यायमा सर्वसाधारण त्यसमा पनि महिलाको पहुँच नभएको गुनासो गरेका थिए । महेशलाल चौधरी र हरिलाल चौधरीले न्यायमा पहुँच नभएकै कारण महिलाहरू कमजोर बनेको गुनासो गरेका थिए । न्यायाधीश कोइरालाले अदालत सबैको साझा बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुदैै अबदेखि कुनै पनि जटिल मुद्धा १८ महिनाभित्र फैसाला गरी जनतालाई अनावश्यक झन्झटबाट मुक्त गरिने बताउनुभयो ।

‘न्याय पाउनु जनताको अधिकार र दिनु अदालतको कर्तव्य हो, उहाँले भन्नुभयो– कोही पनि अन्यायमा नपरून् भन्ने हाम्रो चाहाना हो ।’ अदालतका श्रेष्तेदार नवराज आचार्यले ४० प्रकारका निवेदन निःशुल्क दर्ता गर्ने व्यवस्था गरिएको जानकारी दिँदै अदालत बालमैत्री, महिलामैत्री र प्रबिधिमैत्री भएको बताउनुभयो । अदालतको पहुँच गाउँसम्म पुरयाउन र सम्बन्ध सुमुधुर पार्न न्यायधिश गाउँगाउँ हिँडेको उहाँले बताउनुभयो ।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालय सुनसरीकी प्रमुख गीता न्यौपानेले बालविवाह, मादकपदार्थ सेवन गरी महिलामाथि हुने हिंसा, दाइजोप्रथा सुनसरीको प्रमुख समस्या भएको बताउनु भयो । महिलाका गुनासाहरु समाधानको लागि सरोकारवालासँग छलफल गरी न्यायका लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, इलाका प्रहरी कार्यालय दुहवीका प्रमुख शैलेश न्यौपाने, जिल्ला समन्वय समितिका इन्जिनियर जितेन्द्र कर्ण, समाजसेवी हैदर अलि लगायतले सर्वसाधारणलाई सरकारी सेवा सहजताका साथ लिन आग्रह गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: