अति कुपोषित बालबालिका र गर्ववती महिलाको जाँच तथा उपचार


प्रकाशित मिति :2017-03-26 16:42:05

सर्मिला बुढाथोकी

दोलखा । जिल्लामा फागुन महिनामा कडा शीघ्र कुपोषणका ५२ जना बालबालिका पहिचान गरिएकोमा ३ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । अन्य बालबालिका उपचार पछि घर फर्किसकेका छन् ।

कार्यालयले ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था परीक्षण गरिएकोमा ६ सय २४ जनामा मध्यम तथा शीघ्र कुपोषणको समस्या देखिएको जनस्वास्थ्य निरीक्षक कुमार दहालले बताउनुभयो । जसमध्ये १ जनाको मृत्यु समेत भएको कार्यालयले जनाएको छ ।

त्यस्तै ९ सय ५५ जना गर्भवती तथा सुत्केरी महिलामा मध्यम तथा शीघ्र कुपोषणको समस्या देखिएकोमा ९ सय ४४ जनाको उपचार गरिएको जनाएको छ । उपचारपछि ४ सय २३ जना गर्भवती तथा सुत्केरी महिला पूर्ण रूपमा स्वस्थ रहेको र ३ सय ६४ जना अहिले पनि नियमति उपचारमै रहेको कार्यालयले जनाएको छ ।

यसै गरी २०७२ सालको महाभुकम्पपछि दोलखाका अति कुपोषित ५ जना बालबालिकालाई विशेष उपचार कक्षमा उपचार गराइरहेको जनाएको छ । ती बालबालिकामा भोक नलाग्ने, ग्लुकोजको मात्रा कमी, तापक्रम कम हुने, छालाको सक्रमण, उचित बुद्धि विकास नहुने जस्ता समस्या देखिएकाले विशेष उपचार कक्षको व्यवस्था गर्नु परेको राष्ट्रिय स्वास्थ्य कोषकी जिल्ला संयोजक स्मीता भण्डारीले बताउनुभयो ।

विशेष उपचार कक्षका लागि अहिले प्राथामिक स्वास्थ्य केन्द्रमा ४ ओटा बेड सञ्चालनमा रहेको र समस्या पहिचान गर्न सजिलो होस भन्ने उदेश्यले ४२ जना स्वास्थ्य कर्मीलाई तालिम समेत दिएको जनाईएको छ ।

तस्विरः बालबालिका र सुत्केरी तथा गर्भवती महिलाको पोषण परीक्षण गरिदै ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: