आमाको नामबाट नागरिकता लिन झन्झट


प्रकाशित मिति :2017-03-27 14:36:31

महिला खबर

सुनसरी । आमाका नामबाट सन्तानलाई नागरिकता दिने संवैधानिक व्यवस्थाको कार्यावन्यन फितलो रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । आमाको नामबाट नागरिकता लिन चाहानेले स्थानीय निकायबाट सिफारिस लिदैदेखि समस्या झेल्नुपर्ने उनीहरूले बताए । बुवा खै ? उहाँ किन नआउनुभएको ? लगायतका प्रश्न सोधेर हैरान पार्ने, भरसक सिफारिस नै नगरिदिने गरेको उनीहरूको गुनासो छ ।

संकल्प क्षेत्रीय संजालद्धारा विराटनगरमा आयोजित महिला विरुद्ध विभेदपूर्ण संवैधानिक कानुनी व्यवस्था परिमार्जनका लागि क्षेत्रीय वकालत तथा पैरवी कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सहभागी महिलाहरूले आमाको नामबाट पनि नागरिकता पाउने कानुनी व्यवस्था भए पनि व्यवहारिक रूपमा सहज नभएको गुनासो गरे । एकल महिलाले आफना सन्तानको नागरिकता आफना नामबाट बनाउनु परे झन् समस्या हुने गरेको उनीहरूले बताए ।

कानुन नवुझेका महिला त्यतिकै फर्कन बाध्य हुने गरेको अधिवक्ता मिना सेढाइले बताउनुभयो । उहाँले संविधानमा भएका कानुनी व्यवस्था र महिला विरुद्धको विभेदपूर्ण कानुनहरुका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नागरिकता, रोजगारी, अंश, अपुताली तथा उत्तराधिकारी सम्बन्धी कानुनी व्यवस्था महिलाका लागि बिभेदपूर्ण भएको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: