आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका लागि सञ्जाल गठन


प्रकाशित मिति :2017-03-27 15:24:15

महिला खबर

काठमाडौं । जुरी नेपालको संयोजकत्वमा आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकारका लागि राष्ट्रिय स्तरको सञ्जाल गठन गरिएको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमै आर्थिक सामाजिक तथा साँस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल (इएससीआर) गठन गरिएको हो ।

कार्यक्रममा सञ्जालले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धित कानुनी प्रावधानका बारेमा सचेतना र आवश्यक नीति निर्माणमा पैरवी गर्ने, अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डका आधारमा समानता, सहभागिता तथा अविभेदका सिद्धान्तलाई केन्द्रमा राखी नागरिकका आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको संरक्षण तथा सम्र्बद्धन गर्न योगदान पुर्याउने लगायतका कामहरु गर्ने जानकारी दिइएको थियो । यसैगरि, सञ्जाललाई देशैभर व्यापक बनाउन गर्नुपर्ने कामहरु, सञ्जालको सञ्चालन, कार्यविधि तथा क्षेत्रबारे पनि छलफल गरिएको थियो ।

सञ्जालको प्रथम सचिवालय हेर्ने जिम्मेवारी जुरी नेपालले पाएको छ । जुरीले आगामी दुई वर्षसम्म सञ्जाललाई नेतृत्व प्रदान गर्नेछ । यसैगरि, सञ्जालको कार्यसमितिमा जुरी सहित मधेशी दलित गैसस महासंघ, नेपाल मुस्लिम महिला कल्याण समाज, जागरण नेपाल, मेड नेपाल, सिद्धार्थ सामाजिक विकास केन्द्र, सीड दाङ, अपांग महासंघ, होप हर्मिटेज नेपाल र सञ्चारिका समूह गरी कुल ११ संघसंस्था रहेका छन् । सञ्जालको पहिलो बैठक वैशाख ४ गते बस्ने जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: