महिलाले मात्र बन्ध्याकरण गर्नुपर्ने बाध्यता


प्रकाशित मिति :2017-03-28 11:16:09

यमुना खनाल

सिरहा । महिलालाई आर्थिक, सामाजिक र राजनीतिक अधिकारमा त विभेद छ नै । आफ्नै शरीर माथिको निर्णय गर्ने अधिकारमा समेत आफ्नो निर्णय नहुनु विडम्बना हो । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको तथ्याकले त्यही देखाएको छ ।

कार्यालयले सञ्चालन गरेको दुई महिने निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा ९ सय ४८ जना महिलाले स्थायी बन्ध्याकरण गराए । तर एक जना पनि पुरुषले बन्ध्याकरण नगरेको स्वास्थ्य कार्यलय सिरहाका परिवार नियोजन शाखा प्रमुख राकेश झाले बताउनुभयो । पुरुषले महिलाको पिडा नबुझ्दा यस्तो अवस्था आएको झा बताउनुहुन्छ ।

पुरुषहरुमा अझैपनि पुरुषत्व कायमै राख्न चाहाने हुँदा तराईमा परिवार नियोजन महिलाले मात्र गर्न बाध्य भएको सिरहाकी स्थानीय एक महिला बताउछिन् । उनी भन्छिन् ‘महिलाका हजारौँ जिम्मेवारी हुन्छन्, बच्चा जन्माउने, हुर्काउने र बढाउने जिम्मेवारी त छदैछ, परिवार नियोजन पनि हामी आफैले गर्नुपर्दा पिडामाथि पिडा थपिएको छ ।’

‘महिलाले बच्चा जन्माउछिन् भने बन्ध्याकरण पुरुषले गर्नुपर्ने हो ।’ सिरहाकै अर्की महिला भन्छिन् । महिलालाई कामको बोझ बढी हुने भएकाले पुरुषले बन्ध्याकरण गर्दा राम्रो हुने जिल्ला स्वास्थ्य कार्यालय सिरहाकी पूर्व कर्मचारी रेनु राई बताछिन् । सानैमा विवाह हुने, बच्चा जन्माउने र श्रीमान्ले चाहेको जति यौन सन्तुष्टि प्रदान गर्नु पर्ने जस्ता बाध्यताले महिला समस्या खेप्न बाध्य भए पनि यसलाई महिलाको मात्र समस्याको रूपमा लिने गरेकोले महिला पीडित भएको राई बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: