बालिका बलात्कारको अभियोगमा ७० वर्षीय वृद्धलाई ५ वर्ष कैद सजाय


प्रकाशित मिति :2017-03-28 12:40:21

महिला खबर

सुनसरी । विराटनगरका एक सत्तरी वर्षीय वृद्धलाई बलात्कार कसुरमा ५ वर्ष कैद सजाय फैसला गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा विराटनगर उपमहानगरपालिका ६ का वासुदेव कोइरालालाई जिल्ला अदालत मोरङले ५ वर्ष कैद फैसला गरेको हो ।

न्यायाधिश प्रकाश राउतको इजलासले ५ वर्ष कैद सँगै एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले जानकारी दिनुभयो । कोइरालाले पटक पटक यौन दुव्र्यहार र बलात्कार गरेको भन्दै ०७२ फागुन १८ गते उजुरी परेको थियो ।

बालिकाले पीडा सहन नसकी कोठामा आत्महत्या गर्न लाग्दा घटना सार्वजनिक भएको थियो । पीडित पक्षले उजुरी दिएको २ दिनमा प्रहरीले कोइरालालाई गिरफतार गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: