दिल्लीको कोठीबाट नेपाली चेलीको उद्धार


सयौं महिला बिचल्लीमा

प्रकाशित मिति :2017-03-28 17:46:50

-पार्वती पाण्डे-

कपिलवस्तु । विचौलियाको प्रलोभनमा परि दुई वर्षअघि भारतको दिल्ली पुर्याइएकी १५ वर्षीया एक नेपाली चेलीको उद्धार गरिएको छ । शान्ति पुनस्र्थापना गृह नेपाल (पीआरसी) की अध्यक्ष शान्ता सापकोटाको नेतृत्वमा भारतको दिल्ली गएको टोलीले कोठीबाट ती बालिकाको उद्धार गरिएको हो ।

बालिका दिल्लीको कोठीमा रहेको विशेष सुराक पाएपछि साताअघि पीआरसी टोली अभिभावकसहित दिल्ली पुगेका थिए । स्थायी घर मकवानपुर भई चितवनमा कक्षा ६ पढ्दै गरेकी ती बालिका निम्न आर्थिक अवस्था भएको परिवारकी हुन् । बालिकाको बयान अनुसार उनलाई मकवनपुरकै उर्मिला तामाङ र सुकमाया तामाङले सिलाईकटाई, ब्यूटीपार्लर तालिम दिई राम्रो जागिरमा लगाइदिने प्रलोभनमा दुई वर्षअघि दिल्ली पुर्याएका थिए । उर्मिला तामाङ केही वर्ष पहिले नै मानव तस्करीकै घटनामा पक्राउ परिसकेकी छन् । तर सुकमाया तामाङ भने फरार रहेको बताइएको छ । घटनामा उनीहरू बाहेक अन्य विचौलियाको समेत संलग्नता रहेको पीआरसीले जनाएको छ ।

स्थानीय विद्यार्थीहरूको सहयोगमा उद्धार गरिएको ती बालिकालाई आइतबार नै पुनस्थापना गृह चितवानमा पुरएइको र उनलाई सीपमूलक कार्यमा लगाईने पीआरसीका संयोजक भूमिराज भटराईले बताउनुभयो । उद्धार टोली दिल्ली पुगेको खबर बालिका बेचविखनमा संलग्न नेपालकै व्यक्तिले कोठी सञ्चालकलाई दिएपछि सबै बालिकाहरुलाई ठाउँसारी गरिसकेको थियो । ‘सञ्चालकले सबैलाई भगाईसकेका थिए । स्थानीय विद्यार्थीहरूको विशेष अगुवाईमा छापा मारी बालिकालाई उद्धार गर्न सफल भयौँ ।” संयोजक भटराईले भन्नुभयो । कोठीमा चार सय बढी नेपाली चेलीहरुले नरकीय जीवन विताइरहेको भए पनि एक जनालाई मात्र उद्धार गर्न सफल भएको भट्टराईले बताउनुभयो ।

विचौलिया विरुद्ध चितवन प्रहरीमा जाहेरी दर्ता गरी विशेष खोज अनुसन्धान प्रक्रिया अघि बढाइने पीआरसीले जनाएको छ । पीआरसी संयोजक भट्टराई नेतृत्वको टोलीले साताअघि पनि चितवनकी एक बालिकालाई भारतको अलिगढवाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: