महिला अधिकार व्यवहारमा लागू गराउन जोड


प्रकाशित मिति :2017-03-28 18:26:22

बेलिना थापा

लमजुङ । नेपालको संविधानमा महिला अधिकारको विषय लेखिएपनि व्यवहारमा लागू हुन नसकेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । ‘दिगो विकासका लक्ष्यहरु र स्थानीय तह’ बारे सांसद र सरोकारवालाहरुबीच सदरमुकाम बेसिशहरमा भएको अन्र्तक्रियामा बोल्दै सहभागिहरुले महिला अधिकारको विषय व्यवहारिक रूपमा सुनिश्चितता गर्न सबै पक्षले पहल गर्नुपर्ने बताएका हुन् ।
नीति निर्माण तहमा महिला सहभागिता आवश्यक रहेको भन्दै उनीहरूले स्थानीय तहमा समेत महिला सहभागितालाई ध्यान दिन आग्रह गरका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपाल (एनएफपिपिडी) को आयोजनामा भएको कार्यक्रममा संस्थाका महासचिव एवं सांसद डा. भिष्म अधिकारीले दिगो विकासका लक्ष्यहरु बारे प्रकाश पार्दै अब शान्ति र समृद्धका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कुमालले जिल्लामा शिक्षाको अवस्थाको बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महिला विकास अधिकृत विष्णुकुमारी लामिछानेले जिल्लामा महिलाको अवस्था, कानुनमा महिला सहभागिता, कानुन कार्यान्वयनमा देखिएका समस्या लगाएका विषयमा जानकारी गराउनुभयो ।

एनएफपिपिडीका अध्यक्ष एवं सांसद् महालक्ष्मी उपाध्याय (डिना) को अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल, एमाले सचिवालय सदस्य लक्ष्मी अधिकारी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मोहनहरी पौडेल, राप्रपा अध्यक्ष इन्द्रबहादुर मल्ल लगायतले स्थानीय तहको महिला सहभागिता बढाउन पहल गर्ने बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: