गर्भपतनविरुद्ध सन्देशमूलक होडिङबोर्ड राख्न निर्देशन


प्रकाशित मिति :2017-03-28 18:58:33

महिला खबर

काठमाडौँ । लिंग पहिचान गरी गर्भपतन गर्ने गराउने संख्या बढ्दै गैरहेको बेला व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले गर्भपतनविरुद्धको सन्देशमूलक होडिङबोर्ड राख्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले ‘लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउने व्यक्ति वा संस्थालाई कानुनी कार्वाही हुनेछ’ भन्ने व्यहोरा सहितको होडिङ बोर्ड देशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनेको छ ।

समिति सभापति रञ्जुकुमारी झाले दुई दिन अघि संचारिक समूहद्धारा सञ्चालित टिभी कार्यक्रम समकोण छायाँकनका क्रममा पनि लिङ्ग पहिचानको आधारमा भ्रुणहत्या गर्ने कार्य निन्दनिय भएको भन्दै यस्ते कार्य रोक्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रम शुक्रवार बेलुका ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । सभापति झाले आफ्नो दीर्घकालीन तथा अल्पकालिन योजना अनुरूप नै सरकारलाई यस्तो निर्देशन दिएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: