मेलापातमा पनि चुनावकै चर्चा: 


महिला भन्छन् : गाँउमा न बिजुली छ न पानी कस्लाई भोट हालेर के काम ?

प्रकाशित मिति :2017-03-29 05:25:25

डीबी विष्ट

बझाङ । स्थानीय तहको निर्वाचनको मिति तय गरेसंगै चोकदेखि चिया पसल, कार्यालयदेखि भट्टी पसलसम्म चुनावको बहस सुरु हुन थालेको छ । चुलाचौकामा मात्र सीमित हुने महिलाहरू समेत अहिले चुनावकै बारे कुराकानी गर्न थालेका छन् । कुन पार्टीले जित्ल ? कुन पार्टीलाई समर्थन गर्ने? वडा अध्यक्ष, मेयर कस्लाई बनाउने? भन्ने वैचारिक मतभेदसगै विगतमा कुन पार्टीले के योगदान गरे त्यसको समिक्षा र अब कस्तो नेतृत्व छान्ने भन्ने चर्चा छ ।

बझाङको सुगमका महिला मात्र नभई बझाङ जिल्लाकै सबैभन्दा विकट र दुर्गम मानीदै आएको काँडा गाँउपालीकाका महिलाहरू पनि चुनावका बारेमा कुराकानी गर्न थालेका छन् । झन्डै दुई दशकपछि वैशाख ३१ गते चुनाव हुने भनेपछि महिलाहरू नेतृत्व छान्न मात्र हैन नेतृत्वमा आउनका लागि पनि कसिएका छन् । 

दाउरा घाँस जाँदा होस् या मेलापता जाँदा, पशु चौपायालाई चराउन जाँदा समेत चुनाव बारे कुराकानी गर्न थालेका हुन् । कामकाजको कुरासगै छोरा छोरी, श्रीमान् र घरपरिवारको कुरा गरेर जीवनको सुख दुख सट्ने ग्रामीण महिलाहरू अहिले कुन पार्टीलाई भोट दिने, महिलाका लागी कुन पार्टीले के कति काम गरेका छन् लगायतका विषयमा कुराकानी हुने गरेको काँडा गाँउपालीाकाकी असौजी बोहराले बताईन् ।

विगतमा भोट दिएको नेताले गाउँको विकास नगरेको महिलाहरूको गुनासो छ । काँडा गाँउपालीकाकी धनकला बोहराले भनिन्, ‘हाम्रो गाँउमा न बिजुली छ न त खानेपानी नै, भोट माग्दा सबै दिन्छु भनेर ठुल ठुला भाषण सुनाए, भोट पाएपछि सबै विर्से ।’ राजनीति नबुझ्दा आफूहरू ठगिएको उनको अनुभव छ । उनी थप्छिन्, –‘यसपटक बुझेर भोट हाल्नेछु ।’ त्यसैले मेलापात जाँदा समेत चुनावको कुरा गर्ने गरेको उनले सुनाइन् । तर अहिलेको चुनावी प्रक्रियाबारे खास जानकारी नपाएको उनी बताउछिन् ।

चुनावमा सबै पार्टीले महिलाका लागि यो गर्छु, त्यो गर्छु भनेर ठुल ठुला भाषण गरेपनि काम नभएको थलारा गाँउपालीका ५ की रेखा विष्टले गुनासो गरिन् । ‘चुनाव आयो, फेरि उस्तै भाषण हुन थालेको छ, विष्टले भनिन्– ‘अब त हामी पनि सचेत भएका छौँ ।’

सुर्मा गाँउपालीका २ का महिलाहरूको पनि यस्तै गुनासो छ । बर्षैदेखि खानेपानीको समस्या झेल्दै आएका उनीहरू अहिले पनि खानेपानीका लागि ३ घण्टा लाइन बस्नु पर्ने बाध्यता छ । कुवा भन्ने ठाँउमा पानी छ । घोघाडा गाँउबाट त्यहाँ पुग्न २ घण्टा लाग्छ । पानी सबैलाई चाहिने भए पनि महिलाले बढी दुःख खेप्नु परेको उनीहरू सुनाउछन् । त्यसैले यसपटक आफ्नो नेता आफै छान्ने अभियानमा छन् महिलाहरू ।

आफ्नो हक अधिकारका लागी आफै अघि बढ्नु पर्ने भन्दै आफू समर्थक पार्टीको प्रचारमा हिडेको थलारा गाँउपालीका ६ की धनकला विष्टले बताइन् । महिलाहरू चुनावको चर्चामा होमिएपनि नेतृत्व लिने कुरामा भने अझै अघि सर्न सकेको देखिन्दैन । यस विषयमा महिलाहरूलाई राम्रो जानकारी नभएकाले पनि उम्मेदवारका लागि होमिन समस्या भएको जानकारहरु बताउछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: