भाईबहिनीको सहरा बन्दै सितल


प्रकाशित मिति :2017-03-29 16:49:48

बेलिना थापा

लमजुङ । नाम सितल तामाङ, उमेर १३, ठेगाना बेशीसहर नगरपालिका बजारखुट्टा । घरमा कोको हुनुहुन्छ ? ११ वर्षिय सुमन तामाङ (बहिनी), ८ वर्षिय सोनु तामाङ (भाइ) र ५ वर्षिय युनिका तामाङ (बहिनी) ।

रोजगारका लागि विदेशिएका बुबाआमा दुवै नफर्किएपछि सितल र उनकी ३ भाईबहिनी टुहुरो जस्तै बनेका छन् । ‘बुवा म सानै हुदाँ भारत काम गर्न जाने भनेर जानुभएको रे, अहिलेसम्म अत्तोपत्तो छैन, आमा पनि एक बर्ष अघि विदेशमा पैसा कमाउन जान्छु भनेर जानुभएकोे, आउनुभाको छैन ।’ सितलले भनिन् ।

उमेरले सानै भएपनि ठुलो जिम्मेवारी सम्हादै आएकी छन् सितलले । गाउँकै जनजागृती आधारभुत विद्यालयमा ८ कक्षामा पढ्दै गरेकी सितल भाईबहिनीलाई नुहाइधुवाँई गरिदिने, खाना पकाएर खुवाउने र भाईबहिनी सहित आफू पनि स्कुल जाने गरेकी छन् ।

खानाको लागि कहिले आफन्त त कहिले छिमेकीले दिन्छन्, अहिले आफैँ पनि विदाको दिन मेलामा गएर घरखर्च टार्ने गरेको उनले वताइन् । बस्नका लागि वल्र्ड भिजन एडिपिको आर्थिक सहयोग र स्थानियको श्रमदानले चिटिक्काको नयाँ घर बनेको छ ।

२ कोठे पक्की नयाँ घर निर्माणका लागि वल्र्डभिजनले एक लाख ८ हजार बराबरको सामाग्री र ज्याला बराबरको २८ हजार सहयोग गरेको संस्थाकी विकास संयोजक रेणुका ठकुरी बोहोराले बताइन् । समुदायले ७० हजार बढीको श्रमदान गरेका थिए । नयाँ घरमा बस्न पाएकोमा सितलका भाइबहिनी खुशी छन्, तर खाना, लगाउन र पढ्नका लागि समस्या रहेको छिमेकी हजुरबुबा सेरबहादुर तामाडले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: