कपिलवस्तुमा २ सय २ महिलाको प्रतिनिधित्व सुनिश्चित


प्रकाशित मिति :2017-03-30 13:46:34

पार्वती पाण्डे

कपिलवस्तु । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा कपिलवस्तुका कम्तीमा २ सय २ जना महिलाको प्रतिनिधित्व सुनिश्चित हुने भएको छ । जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका गरी १० वटा स्थानीय तहमा ९६ वडा रहेका छन् । वडामा दुई महिला अनिवार्य उठाउनुपर्ने व्यवस्था अनुसार १ सय ९२ जना महिला सदस्यमा निर्वाचित हुनेछ ।

गाउँपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुख मध्ये पनि एक जना महिला अनिवार्य उठाउनुपर्ने व्यवस्था छ । यसरी प्रमुख तथा उपप्रमुखबाट पनि १० महिलाको उम्मेदवारी हुने निश्चित भएकाले कपिलवस्तुमा २ सय २ महिला अबको स्थानीय तह निर्वाचनबाट निर्वाचित हुने जिल्ला निर्वाचन अधिकृत ज्ञानहरी घिमिरेले बताउनुभयो ।

स्थानीय तहको कार्यपालिकाको रूपमा रहने गाउँसभा, गाउँ कार्यपालिका र नगर कार्यपालिकामा पनि महिलाहरूलाई मनोनयन गर्ने व्यवस्था छ । हरेक गाउँसभा र गाउँपालिकामा २ जना तथा हरेक नगर कार्यपालिकामा ३ जना महिला मनोनयन गर्दा कम्तीमा २ सय जना महिलाको प्रतिनिधित्व हुनेछ । मनोनियत गर्दा अल्पसङ्ख्यक, अपाङ्गता भएका, सीमान्तकृत महिलालाई गर्नुपर्ने प्रावधान छ । प्रतिनिधित्वको हिसाबले महिलाको सहभागिता राम्रो देखिएपनि कार्यकारी पदमा भने सिट सुनिश्चित छैन । त्यसैले महिलालाई प्रमुख तथा उपप्रमुखमा उठाउन दलहरूले पहल गर्नुपर्ने महिलाहरूको माग छ ।

निर्वाचनको मिति घोषणसगै जिल्ला निर्वाचन कार्यालयले तयारीलाई तीव्रता दिएको जनाएको छ । निर्वाचन प्रमुख घिमिरेका अनुसार कपिलबस्तुमा २ लाख ८० हजार मतदाता रहेका छन् । यो निर्वाचनमा कपिलवस्तुका २६ राजनीतिक दलले भाग लिने भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: