म्यादी प्रहरीमा महिलाको आकर्षण


प्रकाशित मिति :2017-03-30 16:53:01

महिला खबर

कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुधवार लामै लाइन थियो । त्यही लाइनमा भेटिइन भलवाडकी मञ्जु थारु । सरकारले स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा जागिर खुलाएपछि उनी निवेदन दिन प्रहरीकोमा पुगेकी हुन् ।

अनुहरमा खुसी देखिएकी मञ्जुले भनिन्–‘केही दिन भए पनि जनताको सेवामा खट्न पाइनेभो ।’ उनलाई पहिलेदेखि नै सुरक्षा निकायमा जागिर गर्ने धोको थियो । इमिलियाकी निर्मला आचार्यले पनि साथीमार्फत जानकारी पाएर निवेदन दिन आएको बताइन् । थोरै समय भए पनि जागिर पाउने भए, भन्दै उनले खुसी व्यक्त गरिन् । ‘नाम पक्कै निस्किएला, केही समय भए पनि रोजगारी मिल्ने भयो ।’ निर्मलाले भनिन् ।

मञ्जु र निर्मला जस्तै कपिलबस्तुका धेरै बेरोजगार महिला म्यादी प्रहरीमा आउन उत्साहित देखिएका छन् । घरधन्दा र विविध कारणले बेरोजगार बस्नु परेका महिलाहरू थोरै समय भए पनि जागिर गर्न पाउनेमा आशावादी देखिएका हुन् ।

सरकारले चैत्र ११ गतेदेखि १७ गतेसम्म म्यादी प्रहरीका लागि १८ वर्षदेखि ५३ वर्ष उमेर समूहका व्यक्तिका लागि आवेदन आवहान गरेको थियो । बुधवारसम्म २ हजार ३ सय १३ जनाले निवेदन परेकोमा ३ सय ३३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक नवीन श्रेष्ठले जानकारी दिनुभयो । भुपु सशस्त्र प्रहरी, भूपू नेपाली सेना र भूपू नेपाल प्रहरीले पनि निवेदन दिएका छन् ।

करिब ५५ दिनका लागि म्यादी प्रहरीले प्रहरी जवान सरहकै सुविधा पाउँनछन् । सरकारले निर्वाचन सुरक्षाका लागि देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गदैछ । महिला अधिकारकर्मीहरुले भने कम्तीमा ५० प्रतिशत महिला म्यादी प्रहरी नियुक्ति गर्नुपर्ने माग गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: