स्वतन्त्रताका लागि चिरै भजहर मनाउँदै थारु महिला


प्रकाशित मिति :2017-03-31 13:11:33

महिला खबर

कैलाली । पश्चिम तराईमा बसोबास गर्दै आएका थारु समुदायका महिला यही चैत २१ मा चिरै भजहर मनाउने तयारीमा जुटेका छन् । सखी सञ्जाल कैलालीले यो पर्वलाई थारु समुदायमा महिला स्वतन्त्रताको रुपमा मनाउन लागेको बताएको छ ।

थारु समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रताका लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष इन्दु थारुले बताउनुभयो । पर्वमा अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल (छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाचगान गर्दै रमाइलो गर्छन् ।

त्यस दिन मीठा–मीठा परिकार बनाई छोरीहरुलाई खुवाउने चलन रहेको अध्यक्ष थारुले बताउनुभयो । यस पर्वमा दिदीबहिनीले बाटो छेक्ने र बटुवाले स्वइच्छाले दान गर्ने चलन पनि रहेको छ ।

चिरै भजहर चैत महिनाको शुक्ल पक्षको सोमबार वा शुक्रबार मनाउने गरिन्छ । दिनभरिको कार्यक्रमपछि साँझपख नघान (परालको मुठोमा लगाइएको आगो) काटी सामूहिक रुपमा त्यसलाई टेकेर घर आउने चलन रहेको छ । यसरी आगो नाघेर आउँदा भुत प्रेतबाट जोगिने परम्परागत मान्यता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: