समस्या बढ्दै, अनि खुल्दै पनि


समस्या लुकाउन खोज्ने महिलाहरू अहिले सहजै भन्न सक्ने भएका छन्

प्रकाशित मिति :2017-03-31 14:04:48

बेलिना थापा

लमजुङ । करापुटार नगरपालिका, ७ चिसंकुकी ३५ बर्षिया सोममाया परियार एक वर्षदेखि निरन्तर महिनावारी भैरहने समस्यामा थिइन् । समस्या बारे उनलाई न साथीभाईलाई भन्न आँट थियो न त उपचारको बारेमा जानकारी नै । गाउँमै निःशुल्क स्वास्थ्य शिविर आएपछि उनले शिविरबाट उपचार पाइन् । ‘जाँच्नलाई कहाँ जाने भनेर थाहा थिएन, उनले भनिन- गाउँमै शिविर आएकाले धेरै सजिलो भयो ।’ 

करापुटार नगरपालिका, १ की धनकुमारी गुरुड (३१) लाई पनि यस्तै समस्या रहेछ । महिनादिनदेखि महिनाबारी नरोकिएपछि उनी शिविरमा आएकी थिइन् । उनले भनिन,– ‘रगत बगिरहेकाले काम गर्न, हिडडुल गर्न साह्रै गाह्रो भैरहेको छ ।’

उनको ८ वर्षीय छोरी र ११ वर्षीय छोरा छन् । छोराछोरी, श्रीमान् र सासुको जिम्मेवारी मात्र हैन गाईभैसी र मेलापातको जिम्मेवारी पनि उनकै काँधमा छ । कामको लोडले गर्दा यस्तो समस्या भएको चिकित्सकले बताएको उनले बताइन् । ‘डाक्टरले आराम गर्नु भनेको छ, उनले भनिन्– आराम पाउन त मुस्किलैै छ ।’

इशानेश्वर माविमा भएको अधिकांश महिला महिनावारी, पाठेघर, हाडजोर्नी दुख्ने जस्ता समस्या लिएर आएका थिए । विगतमा महिलाहरू रोग लुकाउने प्रवृत्ति रहेकामा पछिल्लो समय खुल्न थालेकाले पनि महिलाहरू शिविर वा अस्पताल पुग्ने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् । करापुटार ७ कै सानुमाया परियारलाई (५०) तल्लो पेट दुख्ने समस्या भएको धेरै भयो । घरको सबै काम सम्हाल्नुपर्ने भएकाले पनि उनलाई जचाँउने फुर्सद थिएन । शिविरमा जचाँएका उनले कम्जोरीका कारण यस्तो समस्या भएको भन्दै स्वास्थ्यकर्मीले काम कम, आराम धेरै गर्न सुझाएको बताइन् ।

१३ बर्षिया सिता परियार सेतो पानी बग्ने, तल्लो पेट दुख्ने समस्या लिएर स्वास्थ्य संस्था पुगिन् । महिनावारी नहुदै यस्तो समस्या आएको पछि झन् समस्या बल्झने डरले अस्पताल पुगेको उनले बताइन् । सिता जस्तै पछिल्लो समय महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै गएको देखिन्छ । जिल्ला सामुदायिक अस्पतालका स्टार्फ नर्स सत्यदेबी गुरुडका अनुसार पछिल्लो समय अस्पतालमा स्त्रीरोग सम्बन्धी सेवा लिने संख्या बढेको छ । महिलाहरूको समस्या खुल्दै गएकाले पनि संख्या बढेको भन्दै यसलाई सकरात्मक रूपमा लिनुपर्ने गुरुङ बताउछिन् ।

कम उमेरमै विवाह तथा बच्चा जन्माउनु, कामको लोड, समयमै उपचार नपाउनु, उपचारको बारेमा जानकारी नहुनु जस्ता समस्याले महिलाहरू पीडित रहेको गुरुड बताउछिन् । यसका लागि २० कटेपछि विहेवारी, सरसफाइ, खानपान र ३० वर्ष कटेपछि पाठेघरको ब्यायाम जस्ता कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: