ताप्लेजुङमा महिला उम्मेदवार छान्दै दलहरु


प्रकाशित मिति :2017-04-02 13:05:16

माला पालुङवा

ताप्लेजुङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ताप्लेजुङका राजनीतिक दललाई महिला उम्मेदवार तयार पार्न हम्मे परेको छ । निर्वाचनमा मेयर वा उपमेयर मध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य हुने बाध्यकारी व्यवस्था भएपछि जिल्लाका दलहरुलाई महिला उम्मेदवार छनौट गर्न समस्या परेको हो ।

प्रतिस्पर्धी दलका महिला उम्मेदवारको तुलनामा कुन व्यक्तिलाई उठाउँदा जितिन्छ भन्ने निर्णयमै दलहरु अलमलमा परेका छन् । नेपाली काँग्रेस ताप्लेजुङका सभापति लिला बोखिमले आफ्नो दलबाट महिला उम्मेदवार छनौटमा समस्या नभएको बताउनुभयो । ‘उम्मेदवारीको लागि धेरै महिला आकांक्षी हुनुहुन्छ । सबैजसो सक्षम पनि हुनुहुन्छ तर, त्यसमध्ये प्रतिस्पर्धि र योग्य उम्मेदवार छनौट गर्छाै‌’, उहाँले भन्नुभयो ।

आफ्नो उम्मेदवारलाई सक्षम बनाउन महिला विशेष कार्यक्रमहरु समेत सञ्चालन हुन थालेका छन् । सबैजसो पार्टीमा महिला उम्मेदवारको अवस्था एकै किसिमको भएकाले चिन्ता गर्नुपर्ने ठाउँ नभएपनि आफ्नो उम्मेदवारलाई बलियो बनाउन महिला नेतृत्व विशेष कार्यक्रम सञ्चालन गर्नुपरेको काँग्रेस सभापति बोखिमले बताउनुभयो ।

नगरपालिका, गाउँपालिका र वडा स्तरमा महिला नेतृत्वको छनौट केही दिनमै भइसक्ने उहाँको भनाई छ । निर्वाचन सम्बन्धी पछिल्लो बाध्यकारी व्यवस्थाले महिलालाई अवसर प्राप्त भएको नेकपा एमाले ताप्लेजुङका उपाध्यक्ष मातृका भट्टराईले बताउनुभयो । यस व्यवस्थाले सामाजिक, राजनीतिक रुपमा पछाडि परेका महिलाहरुलाई नेतृत्व विकासको अवसर मिलेको उनको ठम्याइ छ ।

उहाँले आफ्नो पार्टीमा पनि थुप्रै महिला चुनावमा नेतृत्वको लागि आकांक्षी देखिएको बताउनुभयाे । यद्यपी पुरुष नेतृत्वको तुलनामा महिला नेतृत्व छनौट केही कठिन भएपनि पार्टीमा योग्य महिला उम्मेदवार रहेको उहाँकाे भनाइ छ ।

उता एमाओवादी केन्द्रले अन्य दलको तुलनामा आफ्नो पार्टीमा प्रतिस्पर्धी, योग्य र सक्षम महिला नेतृत्व रहेको दाबी गरेको छ । एमाओवादी केन्द्रलाई महिला मैत्री दलको रुपमा प्रस्तुत गर्दै एनेकपा माओवादी केन्द्र ताप्लेजुङका कार्यालय सचिव सुरज ओझाले पार्टीले जनयुद्धदेखि नै महिला नेतृत्व जन्माएको बताउनुभयाे  ।

यद्यपी शान्ति प्रक्रिया सुरु भएपछि पारिवारिक बन्धनमा फसेकोले केही कमी भने भएको उहाँले स्वीकार्नुभयाे । उहाँले आफ्नो पार्टीबाट केही दिनमै महिला उम्मेदवारको घोषणा हुने समेत जानकारी दिनुभयाे । ‘हामी सक्षम, योग्य उम्मेदवार छनौट गछौं’, उहाँले भन्नु भयो, ‘यो काम केही दिनभित्रै टुङग्याइन्छ ।’

जिल्लाका पार्टीहरुबाट प्राप्त तथ्यांक अनुसार कुनैपनि दलमा अहिले भनिएको ३३ प्रतिशत महिलाको सहभागिता छैन । काँग्रेसमा २७ प्रतिशत, एमालेमा ६ प्रतिशत, माओवादी केन्द्रमा १८ प्रतिशत महिला जिल्ला कमिटीमा सहभागी छन् ।

राप्रपामा भने जिल्लाको सबै भन्दा बढी ३६ प्रतिशत महिला रहेका छन् । पुरुष नेतृत्वले सधै‌ पछि परिरहेका महिला नेतृत्वलाई महिलाकाे अनिवार्य उम्मेदवारीकाे व्यवस्थाले राहत पुगेको जिल्लाका महिला अधिकारकर्मी उमा गुरुङले बताउनुभयाे  ।

एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कुल ७१ हजार ३ सय २२ मतदाता रहेकोमा महिलाको संख्या ३३ हजार ९ सय ४६ रहेकाे छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: