सासु–बुहारी हत्या आरोपमा एक पक्राउ


प्रकाशित मिति :2017-04-02 14:56:50

महिला खबर

सुनसरी । मोरङको कटहरीमा एकै घरका सासु र बुहारीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिकाका २६ वर्षिय बिष्णु कुमार डाँगा रहेका छन् । गत चैत ४ मा कटहरी आदर्श टोलकी ४४ वर्षियकी दीपा निरौला डाँगा र उनकी बुहारी २२ वर्षिय अस्मिता भट्टराई डाँगाको घरमै हत्या भएको थियो ।

विष्णु कुमार मृतक दीपाका नाताले भतिजा हुन् । घरबाटै पक्राउ परेका बिष्णुको घर खानतलास गर्दा ‘मेड इन युएसए’ लेखिएको म्यागजिन सहितको पेस्तोल एकथान, र मृतक अस्मिता र दीपाले प्रयोग गर्ने २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

विष्णुलाई कर्तव्य ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

क्षेत्रीय प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र मोरङ प्रहरीको संयुक्त टोलीले २ हप्तासम्म गरेको अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका डाँगाले आफूले हत्या गरेको स्वीकार गरेको र उनलाई शुक्रबार नै अदालतबाट ज्यान मुद्दा अन्तर्गत म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: