भूकम्प पीडित महिला म्यादी प्रहरीमा


प्रकाशित मिति :2017-04-02 16:58:02

सर्मिला बुढाथोकी

दोलखा । दोलखा काभ्रेकी रोशनी दाहाल बैशाख १२ गते गएको भूकम्पले घर भत्काएपछि समस्यामा परिन् । आर्थिक समस्या परेपछि उनले चलाउँदै आएको कस्मेटिक पसल बेच्नुपर्यो । अहिले उनी पूर्णतया बेरोजगार छिन् । उमेरले ४७ वर्ष पुगेकी दाहाल म्यादी प्रहरीमा धेरै महिलाले अवसर पाउने भन्ने थाहा पाएपछि जागिर खान हौसिएकी छिन्।

‘घर भूकम्पले भत्कियो, भएको पसल बेचेर पनि दैनिक गुजारामा समस्या भएपछि केहि सहयोग हुन्छ की भनेर म्यादी प्रहरीमा जागीर खान खोजेकी हुँ’, दाहाल भन्छिन् । म्यादीमा भागदौड गर्नुपर्छ, उमेरका कारण समस्या त हुँदैन भन्ने प्रश्नमा दाहाल भन्छिन्, ‘के गर्नु समस्या भएपछि सबै कुरालाई भुल्नु पर्ने रहेछ ।’

खारे ५ की जानुका श्रेष्ठ पनि भूकम्पपछि आर्थिक समस्यामा परेको भन्दै म्यादीमा अवसर खोजिरहेकी छिन् । जागिर खाएपछि आउने पैसाले घरखर्च चल्ने सोचले आवेदन दिन आएको उनको भनाइ छ ।

भूकम्पपछि राहत समेत नपाएकोले गुजारा गर्नै मुश्किल भएको श्रेष्ठको गुनासो छ । श्रीमान्को मृत्युपछि एकमात्र छोरालाई समेत पढाउन मुश्किल भएको उनी सुनाउँछिन् ।

जिरीकी सन्तोषी दर्जीको समस्या पनि रोहनी र जानुकाको भन्दा फरक छैन । शुक्रवार जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएकी सन्तोषीलाई म्यादी प्रहरीको जागीरबाट आउने ४५/५० हजारले घर बनाउन सहयोग हुन्छ भन्ने अपेक्षा छ ।

‘भूकम्पले घर ढलेकोले झण्डै दुई वर्षदेखि टहराकै वास छ, आर्थिक अभावले घर बनाउन सकिएन सन्तोषीले भनिन् । म्यादीमा जागिर खान पाए आउने पैसाले घर बनाउन सहयोग हुने थियो’, उनी सुनाउँछिन् ।

जिल्ला प्रहरी कार्यालयका अनुुसार म्यादी प्रहरीको लागि आवेदन दिने कुल १६ सय ७२ जनामा ५ सय ५८ जना महिला रहेका छन् । आवेदनको लागि १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रावधान रहेको छ । आवेदन दिन युवायुवती र कतिपय पौढ महिला तथा पुरुषहरु समेत आएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: