महिला उम्मेदवार मौन


प्रमुख तथा उपप्रमुखको उम्मेदवारीमा ५० प्रतिशत सहभागिता हुनुपर्ने भए पनि महिला उम्मेदवारको चर्चा नै छैन ।

प्रकाशित मिति :2017-04-03 12:44:11

खेमा बस्नेत

काठमाडौँ । वैशाख ३१ गते हुने स्थानीय तहको निवार्चनको समय नजिकिदै जाँदा प्रमुख पदमा पुरुष उम्मेदवारको सर्वत्र चर्चा चलेपनि महिला उम्मेदवारको बारेमा भने छलफल समेत भएको देखिन्दैन । गाउँशहर, मेलापात, चोकचौतारा, जताततै चुनावी सरगर्मी बढेका बेला महिला उम्मेदवारको बारेमा स्वंम राजनीतिक दलहरुमा समेत छलफल नभएको महिला नेतृहरु बताउँछन् ।

पुरुषहरू स्वघोषित उम्मेदवार बनिरहदा समेत सम्भावित महिला उम्मेदवारहरु मौन नै छन् । खासगरि महानगरपालिका र उपमहानगरपालिकाको प्रमुखमा रााष्ट्रियस्तरमा पुगिसकेका वरिष्ठ नेताहरू आकांक्षी छन् । यसले फेरि पनि महिलाहरू सहायक(उपप्रमुख) पदमै सीमित हुने देखिन्छ । सहायक पदमा पनि उम्मेदवारीमै सीमित हुने होकि भन्ने आशंका उब्जिएको छ । किनकि उम्मेदवारीमा ५० प्रतिशत महिला उठाउनुपर्ने प्रावधान रहेपनि जित भने सुनिश्चित छैन ।

यसपटक वडास्तरमा एक दलित महिला सहित दुई जना महिलाको आरक्षित सिट र गाउँपालिका तथा नगरपालिका प्रमुख तथा उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार खडा गर्नुपर्ने बाध्यता दलसँग छ । तर पनि पुरुष उम्मेदवारको चर्चा चलिरहदा महिला उम्मेदवार बारे दल तथा नेतृत्व पंक्ति नै मौन देखिन्छ । नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले प्रमुख तथा उपप्रमुख मध्ये एक पद महिला अनिवार्य भए पनि कहाँ, कुन पदमा कति महिला उम्मेदवार हुने भन्ने विषयमा छलफल भइरहेको बताउनुहुन्छ । ‘पार्टीभित्र छलफलकै क्रममा रहेकाले अहिले नै के कति महिला कुन पदमा कहाँ उम्मेदवार हुनेछ भन्न सकिने अवस्था छैन ।’ रेग्मीले भन्नुभयो ।

यसपटक ७ सय ४४ स्थानीय तह अन्र्तगत ६ हजार ६ सय ८० वडाबाट १३ हजार ३ सय ६० जना महिला वडा सदस्यमा निर्वाचित हुनेछन् । गाउँपालिका तथा नगरपालिका प्रमुख तथा उप्रमुखमा भने उम्मेदवारी ५० प्रतिशत उठाउनुपर्ने प्रवाधान भए पनि कति निर्वाचित होला सुनिश्चित छैन । वडा अध्यक्षमा पनि आरक्षित सिट नभएकाले कमै महिला सहभागिता हुने देखिन्छ । राजनीति स्थानीय तहमा गरिएपनि पदका लागि भने केन्द्रमै मुख ताक्नुपर्ने अवस्था अझै छ । सक्षम र योग्य नेतृहरु भए पनि तुलनात्मक रूपमा महिलाको अनौपचारिक भेटघट र वार्तालापहरु कम हुने भएकाले महिलाको चर्चा कम देखिएको महिला जानकारहरु बताउछन् । तर दलका नेतृत्वहरु अनिर्णित देखिदा योग्य र सक्षम उम्मेदवारका आकांक्षी महिलाहरू अलमलमा छन् ।

अन्तरपार्टी महिला सञ्जालकी उपाध्यक्ष तथा एमाले नेतृ सावित्रा भुसाल यसपटक महिलाहरू नेतृत्व लिन आतुर रहेकाले सकेसम्म प्रमुख पदमा महिला उठाउने वताउनुहुन्छ । तर कहाँ कसरी महिला उठाउने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको उहाँले बताउनुभयो । माओवादी नेतृ दामा शर्माले ५० प्रतिशत महिला प्रमुख पदमा आउनुपर्ने भन्दै पार्टीमा यो कुरा उठाइरहेको बताउनुभयो । ‘हामीले ५० प्रतिशत माग गरिरहेका छौँ, तर यसबारे पार्टीले निर्णय गर्न बाँकी छ ।’ उहाँले भन्नुभयो ।

महिलाले समान अवसरका लागि आन्दोलन गरेकाले पदमा पनि समान सहभागिता हुनुपर्ने उहाँको भनाई छ । ‘हरेक आन्दोलनमा महिलाको उत्तिकै योगदान छ, त्यसैले हरेक संरचनामा ५० प्रतिशत महिला आउनुपर्दछ ।’ उहाँले भन्नुभयो । ७ सय ४४ स्थानीय तह अन्र्तगत ४ सय ८१ गाउँपालिका र २ सय ६३ महा÷उपमहा÷नगरपालिका रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: