महिलाः जनसंख्या धेरै, मतदाता कम


प्रकाशित मिति :2017-04-03 14:03:24

– महिला खबर-

काठमाडौँ । नेपालको जनसख्या पुरुषको तुलनामा महिला बढी भए पनि मतदाता संख्या भने कम देखिएको छ । २०६८ को जनगणना अनुसार महिलाको जनसंख्या ५१.५० प्रतिशत रहेपनि मतदाता संख्या ४९. ५५ प्रतिशत अर्थात करिब २ प्रतिशतले कम छ ।

निर्वाचन आयोगले नजिकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सार्वजनिक गरेको मतदाता नामावती अनुसार कुल एक करोड ४० लाख ५४ हजार ४ सय ८२ जना मतदाता मध्ये ६९ लाख, ४८ हजार ६ सय २५ जना महिला मतदाता रहेका छन् । पुरुष मतदाता (५०.४४ प्रतिशत) अर्थात ७० लाख ६९ हजार ७ सय १४ जना रहेको आयोगको तथ्याक छ । यसरी हेर्दा पुरुष मतदाता १ लाख ५ हजार ८९ जना बढी देखिन्छ । आयोगका अनुसार यसपटक १ सय ४३ जना तेस्रो लिंगीले पनि मतदान गर्नेछन् ।

संविधान सभा निर्वाचन २०७० मा महिला मतदाताको सङ्ख्या बढी थियो । कुल मतदाता १ करोड २१ लाख ४७ हजार ८ सय ६५ जना रहेकोमा महिला मतदाता सङ्ख्या ६१ लाख ६६ हजार ८ सय २९ (५०.७६ प्रतिशत) थियो । पुरुषको (४९.३३ प्रतिशत) र तेस्रो लिंगी १ सय ५५ जना थिए ।
यसपटक महिला मतदाता सङ्ख्या कम हुनुमा सामाजिक, आर्थिक कारण हुन सक्ने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताउनुभयो । तर धेरै महिलाको नागरिकता नबन्नु र मतदान सम्बन्धी शिक्षा नहुनुले पनि महिलाको मतदाता नामवलीमा नाम दर्ता हुन नसकेको महिला नेतृहरु बताउछन् । निर्वाचनमा १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउनेछन् ।

यसैगरि निर्वाचन आयोगका अनुसार यसपटक सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौ, रुपन्देही, सुनसरी र कैलाली रहेका छन् ।

सवैभन्दा कम मतदाता रहेको जिल्ला मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: