कृत्रिम भूकम्पको अभ्यास, महिला र बालबालिकाको सुरक्षामा प्राथमिकता


प्रकाशित मिति :2017-04-03 17:26:15

विदुर आचार्य

सिन्धुपाल्चोक । गएको शनिबार बिहान ८ः१५ बजेको थियो । ठीक त्यही बेला ७.५ रेक्टर स्केलको भूकम्प गयो । जसको केन्द्रविन्दु थियो, सिन्धुपाल्चोकको उत्तरी क्षेत्र तातोपानी । भूकम्पले जिल्लाका प्रायः सबै घर पूर्ण रुपमा ध्वस्त भए । मानिसहरु त्यही घरले थिचिएका थिए, कोही जीउ जोगाउन सफल भएका थिए त कोही सहयोगमा जुटेका थिए । जोखिममा भने महिला र बालबालिका बढी परेका थिए ।यो दृष्य वास्तविक नभएर कृत्रिम भूकम्पको अभ्यास थियो । सदरमुकाम चौतारामा भएको यो अभ्यासमा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखहरु सहभागी थिए ।

भूकम्पको वास्तविकता झल्काउने र जनमानसमा सकारात्मक सन्देश प्रवाह गर्न नाटकीय शैलीमा यस्तो प्रस्तुति गरिएको आयोजक जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले बताउनुभयो । कार्यक्रमको प्रस्तुति वास्तविक भूकम्प गएजस्तै गरिएको थियो ।

भूकम्प गएपछिको आपतकालीन अवस्थामा कसरी सुरक्षित तरिकाले उद्धार तथा खोजी गर्न सकिन्छ भन्ने जनचेतना जगाउनको लागि गरिएको अभ्यासले महिला र बालबालिका बढी जोखिममा रहने भएकाले उनीहरुको सुरक्षामा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको थियो ।

कर्मचारी, सेना, प्रहरी र सर्वसाधारण उपस्थित रहेको अभ्यासमा जिल्लाका प्रमुख अड्डाहरु पनि अस्थायी रुपमै टुँडिखेलमा खडा गरिएको थियो । घाइतेहरुको उपचार सेवा, आगलागी नियन्त्रण गर्नुका साथै भूकम्पको बेलामा आइपर्ने सम्पूर्ण घटनाको प्रस्तुती गरिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: