लमजुङमा महिला मतदाता बढी


प्रकाशित मिति :2017-04-03 17:33:07

बेलिना थापा

लमजुङ । जिल्लामा महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कुल एक लाख १० हजार ८ सय ५६ जना मतदातामध्ये महिला मतदाताको संख्या ५७ हजार १ सय ९७ जना रहेका छन् । यो कुल मतदाताको ५१.५९ प्रतिशत अर्थात पुरुषको तुलनामा ३ प्रतिशत भन्दा बढी हो ।

पुरुष मतदाता करिब ४८.४० प्रतिशत अर्थात ५३ हजार ६ सय ५९ जना रहेका छन् । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाताको सूचि तयार पारेको हो ।

चार नगरपालिका र चार गाउँपालिका गरी ८ स्थानीय तह रहेको यस जिल्लामा ७५ वडा रहेका छन् । बेसीशहर नगरपालिकामा ११, सुन्दरबजार नगरपालिकामा ११, मध्यनेपाल नगरपालिकामा १० र राइनस नगरपालिकामा १० वटा वडा रहेका छन् । यस्तै, क्वोंलासोंथार गाउँपालिकामा ९, दूधपोखरी गाउँपालिकामा ६, दोर्दी गाउँपालिकामा ९ र मस्र्याङ्दी गाउँपालिकामा ९ वडा रहेका छन् ।

कार्यालयका अनुसार मतदानस्थल सिफारिस समिति लमजुङले जिल्लामा एक सय २३ मतदान स्थल सिफारिस गरि निर्वाचन आयोगमा पठाएको छ । जिल्लामा तोकिएकै समयभित्र विभिन्न ११ र म्याद सकिएपछि राप्रपा लगायतका तीन दलले निर्वाचन कार्यालयमा नाम दर्ता गराएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: