संविधानले  महिलाको अधिकार सुनिश्चित गरेको छः सभामुख घर्ती 


प्रकाशित मिति :2017-04-03 18:00:28

काठमाडौं, – सभामुख ओनसरी घर्तीमगरले नयाँ संविधानले महिला लगायत सबैमा समानताको अवसर प्रदान गरेको बताउनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा भइरहेको अन्तर व्यवस्थापिका सङ्घ आइपियुको १३६औँ सम्मेलनलाई आइतबार सम्बोधन गर्दै घर्तीले नेपालमा नयाँ संविधान जारी भएपछि गरिबी र असमानता घटाउने तथा सबैका लागि समान अवसर प्रदान गर्ने प्रयास भइरहेको छ बताउनुभयो ।  घर्तीले नयाँ संविधान जारी भएपछि सबै क्षेत्रलाई सम्बोधन हुने गरी नीति निर्माण गर्दै नेपाल विकासको गतिमा अघि बढेको बताउनुभयो ।

सभामुख घर्तीले द्वन्द्वको मुख्य कारक असमानता भएको भन्दै आफूहरु सचेत रहेको बताउनुभयो । जारी संविधनले सामाजिक न्याय प्रदान गरेको, विशेष गरी महिलाको अधिकार सुनिश्चित गरेको, जनजाति, सीमान्तकृत तथा पछि परेका समुदायलाई मूलधारमा ल्याउन महत्वपूर्ण अवसर प्रदान गरेको उहाँको भनाई छ । सभामुख घर्तीले विकासका उपजलाई समान रुपमा वितरण गर्नुपर्ने बताउँदै उनले अतिकम विकसित, विकासोन्मुख र विकासिल मुलुकबीचको ठूलो अन्तरलाई सम्बोधन गर्न यस क्षेत्रका सबै मुलुकले साझा धारणा बनाएर अगाडि बढ्नुपर्नेमा धारणा व्यक्त गर्नुभएको छ ।  यही चैत १९ देखि सुरु भएको सम्मेलन २३ गतेसम्म सञ्चालनु हुनेछ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: