दाम्लोमुक्त भइन् वन्दना


प्रकाशित मिति :2017-04-04 10:38:09

धादिङ :  भूकम्पमा होश गुमाएपछि दाम्लोमा जीवन गुजारिरहेकी ६ बर्षीय बालिका वन्दना कुमाल दाम्लोमुक्त भएकी छिन् । अन्नपूर्ण पोस्ट्मा ‘खेल्ने–पढ्ने उमेरमा दाम्लोको बन्धन’ शीर्षक समाचार प्रकाशित भएपछि उनलाई उद्धार गर्न युनिसेफले चासो देखाएको थियो ।
जिल्ला बाल कल्याण समितिको समन्वय र युनिसेफको सहयोगमा भूकम्पपछि बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था एकीकृत सामुदायिक विकास समाज आईसीडी धादिङले वन्दनाको उद्धार गरी पुनःस्थापना केन्द्र पठाएको छ । ललितपुरको बागडोलमा कोसिस नामक संस्थाले सञ्चालन गरेको मेन्टल हेल्थ एन्ड साइकोसोसल केन्द्रमा सम्पूर्ण उपचार खर्च निःशुल्क गर्ने गरी पठाइएको आईसीडीसीले जनाएको छ । वन्दना पूर्ण रूपमा ठीक नभएसम्म मनोपरामर्श एवं अन्य उपचार गराइने आईसीडीसीका तिरूपति परियारले जानकारी दिए ।
ओममायाले पनि उपचार पाइन्  ।

कुपोषणका कारण जीवनमरणको दोसाँधमा रहेकी ओममाया मिजारले पनि उपचार पाएकी छिन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं २ तिनघरेकी ओममाया मिजार पोसिलो खानाको अभावका कारण कडा कुपोषणबाट ग्रसित थिइन् । तीनघरेको अति विपन्न दलित बस्तीमा जन्मिएकी ओममायाको खर्चको अभावका कारण उपचार हुन नसकेको विषयमा अन्नपूर्ण पोस्ट र अन्नपूर्ण अनलाइनमा ‘मृत्युसंघ संघर्ष गर्दै ओममाया’ शीर्षक समाचार प्रकाशित भएपछि उनलाई निःशुल्क उपचार गराउने व्यवस्था मिलेको हो ।

नेपाल युथ फाउन्डेसनद्वारा ललितपुरमा सञ्चालित पोषण गृहले ओममायाको निःशुल्क उपचारको व्यवस्था गरेको हो । फाउन्डेसनले पोषणगृहमा उपचाररत ओममायाको उपचार र आमा मीठु र भाइको खानेबस्नको व्यवस्थासमेत गरेको छ । ओममायाका अन्य रोगको पहिचान एवं उपचारमा पनि सहयोग गरिने र तत्कालका लागि पौष्टिक आहारा प्रदान गरिरहेको फाउन्डेशनले जानकारी दिएको छ । यसैबीच ओहायो स्टेट अमेरिकामा बस्ने जेम्स गजमेर, मनीष राई र जिओल क्षेत्रीले ओममायालाई पौष्टिक आहार खुवाउन एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
स्रोतः अन्नपूर्ण पोष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: