दोलखामा महिला नेतृत्व उठाउन बहस सुरु


दलहरु सकारात्मक

प्रकाशित मिति :2017-04-04 13:50:17

सर्मिला बुढाथोकी

इश्वर थापा                                                          नरबहादुर श्रेष्ठ                                                सन्तोष रिमाल

दोलखा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा महिला नेतृत्वबारे बहस सुरु भएको छ । खासगरि, निर्वाचन निर्देशिकाले गाउँपालिका, नगरपालिकामा प्रमुख वा उपप्रमुख मध्ये एकमा महिला अनिर्वाय गरेपछि महिला नेतृत्व सम्बन्धी बहसले बढी महत्व पाएको देखिन्छ ।

जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । यस अनुसार वडामा महिलाको आरक्षण सीट बाहेक प्रमुख र उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार बनाउँदा ९ जना महिला नेतृत्व स्थापित हुने देखिन्छ ।

निर्वाचन निर्देशिकाको व्यवस्थापछि महिला नेतृत्वबारे धेरै बहस हुन थालेको नेकपा एमालेका नेता नरबहादुर श्रेष्ठले बताउनुभयो । ‘अहिले महिला नेतृत्वको चर्चा धेरै छ, महिला नेतृत्व स्थापित गर्नुपर्ने पक्षमा हामी विगतदेखि नै संवेदनशील छौं’, उहाँले भन्नुभयो । तर, महिलाको नेतृत्व स्थापित भई नसकेको भन्दै सबै ठाँउमा सक्षम नेतृत्व पठाउन भने समस्या भइरहेको उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका नेता इश्वर थापा पनि महिलालाई नेतृत्व दिने कुरामा पार्टी स्पष्ट भएपनि स्थापित महिला नेतृत्व पाउन भने कठिन रहेको बताउनुहुन्छ । ‘महिला नेताहरु स्थापित भइनसकेकोले कतिपय ठाँउमा महिलालाई अघिसार्न समस्या देखिएको छ’, उहाँले भन्नुभयो ।

जिल्लामा एक लाख ३४ हजार ५ सय ७३ मतदाता रहेकोमा महिलाको संख्या ६८ हजार ४ सय ३५ रहेको छ । महिला मतदाता बढी भएपनि महिला नेतृत्व स्थापित गर्ने कुरामा दलका नेताहरु अझै स्पष्ट हुन नसकेको महिला नेताहरुको गुनासो छ ।

नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमाल महिला नेतृत्वबारे निरन्तर बहस र छलफल भै रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले आवश्यकता अनुसार नेतृत्वको लागि महिलालाई प्राथामिकतामा राखिएको बताउनुभयो ।

स्पष्ट नीति बनिनसकेको भएपनि नेपाली कांग्रेसले अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्न सक्ने र त्यस्तो अवस्थामा महिलालाई प्राथामिकतामा राखिने सचिव रिमालको भनाइ छ । ‘हामीले महिला नेतृत्वबारे बहस र छलफल गर्नकै लागि छिट्टै नै महिला भेलाको आयोजना गर्न लागेका छौं, यसले जिल्लाको गाँउपालीका तथा नगरपालीकामा नेतृत्व गर्न सक्ने महिलाको पहिचान गर्न सघाउनेछ’, उहाँले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: