महिलाको अवस्था बुझ्दै अष्ट्रेलियन महिला दूत


महिला नेटवर्कको शुभारम्भ

प्रकाशित मिति :2017-04-04 15:08:22

महिला खबर

काठमाडौँ । नेपाली महिलाको अवस्था बुझ्न नेपाल आउनुभएकी महिला तथा बालिकाका लागि अष्ट्रेलियन राजदूत सेरमन स्टोन र नेपाली पत्रकार महिलाहरूको छाता सङ्गठन संचारिका समूहबीच छलफल भएको छ ।

नेपाली मिडियामा पत्रकार महिलाको अवस्था र मिडियामा महिलाका विषयवस्तु बारे छलफल भएको हो ।

सो अवसरमा राजदूत सेरमनले अस्ट्रेलिया महिलाका लागि विश्वको दोस्रो राम्रो देश भएकाले नेपाली र अष्ट्रेलियन महिलाबीच अनुभव साटासाट गर्न उपयुक्त हुने बताउनुभयो ।

उहाँले विभेद र हिंसाको विषय लैगिक तथा घरेलु हिंसा भनेर गोलमटोल गर्नुभन्दा कारक तोकेरै किन लेख्न सकिन्दैन भन्ने प्रश्न गर्नुभएको थियो । संचारिका समूहकी अध्यक्ष निर्मला शर्माले नेपाली मिडियामा पत्रकार महिलाको संख्या कम हुनुका साथै मिडियामा महिलाको विषयले कम प्राथमिकता पाइरहेको बताउनुभयो ।

मिडियामा महिलाको संलग्नता बढाउन र महिलाको विषय मिडिया ल्याउन संचारिकाले पहल गरिरहेको बताउनुभयो ।

छलफलमा अस्ट्रेलियाका क्यान्बेरास्थित परराष्ट्र मामिला तथा व्यापार विभागका निर्देशक सरा मोराएटी, अष्ट्रेलियन राजदूतावासका उपप्रमुख गर्मी मुर्फी, अनुसन्धान अधिकृत कृष्ण कार्की, संचारिका समूहकी महासचिव कमला पन्थी, सचिव विमला तुम्खेवा लगायतको उपस्थित रहेको थियो ।

यसैबिच, राजदूत सेरमनले सोमबार एक कार्यक्रमकाबीच महिला नेतृत्व विकासका लागि स्थापित महिला नेतृत्व सञ्जाल, अस्ट्रेलिया अवार्ड WINL नेपाल च्याप्टरको शुभारम्भ गर्नुभएको थियो ।

अस्ट्रेलियामा अध्ययन गरी फर्केका विश्वभरका महिलाहरुबीच अनुभव आदानप्रदान गर्न र नेतृत्व विकासमा टेवा पुरयाउनका लागि नेपाल च्याप्टरको शुभारम्भ गरिएको अष्ट्रेलियन राजदूतावासले जनाएको छ ।

यसले भविष्यमा सम्भावित नेतृत्व पहिचानमा समेत टेवा पुग्ने विश्वास लिएको छ ।

सो अवसरमा बोल्दै निर्वाचन आयुक्त इला शर्मा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य विमला राई पौडेल, अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पा र टेवाका संस्थापक रिता थापाले महिला सशक्तिकरणमा जोड दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: