७५ मुख्य निर्वाचन अधिकृतमा महिला शून्य


६६९ निर्वाचन अधिकृतमा ३० महिला

प्रकाशित मिति :2017-04-04 19:23:02

महिला खबर

काठमाडौ‌ । निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको कुल ७५ मुख्य निर्वाचन अधिकृतमा एक जना पनि महिला परेका छैनन् । निर्वाचन अधिकृतमा भने करिब ४ प्रतिशत अर्थात ३० जना महिला परेका छन् ।

आयोगले ७ सय ४४ स्थानीय तहका लागि सूची सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश नियुक्त गर्नुपर्ने प्रावधान भएको र ७५ वटै जिल्लामा महिला न्यायाधीश नहुँदा मुख्य निर्वाचन अधिकृतमा महिला आउन नसकेको आयोगका प्रवक्ता तथा सहसचिव सुर्य प्रसाद शर्माले बताउनुभयो ।

‘हामीले सरकारले पठाएको नामकै आधारमा मुख्य निर्वाचन अधिकृत नियुक्त गरेका हौँ, जिल्लामा जिल्ला न्यायाधीश महिला नभएकाले मुख्य निर्वाचन अधिकृतमा महिला नपरेका हुन् ।’ प्रवक्ता शर्माले भन्नुभयो ।

शर्माका अनुसार कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले दिएको नामको आधारमा आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत छनौट गरेको बताउनुभयो । निर्वाचन अधिकृतमा भने करिब ४ प्रतिशत अर्थात ३० जना महिला परेका छन् ।

आगोगले सबै निर्वाचन क्षेत्रमा कुल ६ सय ६९ जनालाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो । न्याय तथा प्रशासन सेवाका उपसचिवलाई स्थानीय तहको निर्वाचन अधिकृतमा नियुक्त गरीएको आयोगले जनाएको छ । आयोगका अनुसार मुख्य निर्वाचन अधिकृतले बैशाख ३ र निर्वाचन अधिकृतले वैशाख १२ गतेदेखि प्रत्येक स्थानिय तहको केन्द्रमा कार्यालय खोल्नुपर्ने छ ।

निर्वाचन अधिकृत पदमा नियुक्त भएका महिला अधिकृतको सूची

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: