पतिलाई थाहा नदिई बन्ध्याकरण


प्रकाशित मिति :2017-04-05 11:48:09

भोजपुर । अरुण गाउँपालिका ६ की ४० वर्षीया सीता विक ३ सन्तानकी आमा हुन् । सीता २५ वर्षको हुँदा जेठो छोरो जन्मिएका थिए । त्यसको वर्षपछि छोरी जन्मिइन् । त्यति बेला उनलाई सन्तानको रहर पूरा भइसकेको थियो ।

पतिसँग परिवार नियोजनको उपाय अपनाउने सल्लाह मागिन् । तर उनले ठाडै अस्वीकार गरेपछि स्वास्थ्य स्वयंसेविकाकहाँ उनी पुगिन् । स्वयंसेविकाको सल्लाहअनुसार पतिलाई थाहै नदिई स्थानीय स्वास्थ्य संस्थामा उनले तीन महिने सुई लगाइन् ।

पाँच वर्ष लगातार प्रयोग गरेपछि केही समय छुटाइन् । यही बेला उनी पुनस् गर्भवती भइन् । कान्छी छोरी जन्मिएपछि फेरि नियमित सुई लाउन थालेको उनी बताउँछिन् । उमेर ढल्दै गएकाले स्वास्थ्य परीक्षण गरेर स्वास्थ्यकर्मीले सुईको सट्टा पिल्स ९चक्की० खान सल्लाह दिए ।

गत फागुन २० गते गाउँमै परिवार नियोजन शिविर भएका बेला ५ वर्षे कपरटी राखेकी छन् । उनले परिवार नियोजन साधन प्रयोग गर्दैछिन् भन्ने कुरा पतिलाई अझै थाहा दिएकी छैनन् । ‘पाउन सक्नेजति बच्चा पाउनुपर्छ बूढाले भन्छन्, पाएरमात्रै के गर्नु आम्दानीबबिना परिवार चलाउन गाह्रो हुने, औषधि खाइयो भने देवीदेवताको पाप लाग्छ भनेर उहिल्यै गाली गरेका थिए, के गर्नु आफ्नो सुरक्षा आफैं गर्नुपर्ने’ सीताले भनिन् ।

उनले अहिलेसम्म स्वयंसेविकासँग स्वास्थ्यकर्मीको सल्लाह र आडमा साधनहरू प्रयोग गर्दै आएकी छन् । पछिल्लो समय दुई सन्तानप्रति दम्पती सजग हुँदै गए पनि दुर्गम र विकट क्षेत्रमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । यसमा महिला नै सजग रहे पनि तिनका पतिहरूमा पुरातनवादी सोच नहटेको स्वास्थ्यकर्मी बताउँछन् ।

देवीदेवताको पाप लाग्ने, मरेपछि स्वर्ग देख्न नपाइने, कुलपितृले नरुचाउनेजस्ता कुरीतिका कारण महिलाहरू नै विस्तारै सचेत हुँदै गएको स्वास्थ्यकर्मीको भनाइ छ । यही कारण अधिकांश महिलाले लुकिछिपी परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् । जिल्ला स्वास्थ्यका अनुसार महिला बढी प्रयोगकर्ता देखिएका छन् ।

केही दम्पतीबाहेक अधिकांशमा पत्नीमात्र सेवा लिन आउने गरेका छन् । दम्पतीबीच सल्लाह नमिलेर लुकीछिपी स्वास्थ्य संस्था पुग्ने गर्छन् । उनीहरूको सल्लाह मिले पनि पुरुषले महिलालाई बढी दबाब दिँदा परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको मेडिकल अधिकृत रत्नवीर सुनारले बताए । पतिले थाहा पाए अपानाएको साधन बीचैमा छोड्न बाध्य हुने गरेको उनी सुनाउँछन् ।

स्वास्थ्यका अनुसार जिल्लाभर बितेको ६ महिनामा ११ हजार ७ सय ७० महिलाले पिल्स अपनाएका छन् । ७ सय ४ ले मात्र नियमित प्रयोग गरिरहेको तथ्यांकले देखाएको छ । तीन महिने सुई २७ हजार ७ सय ९ ले अपनाएकामा १ हजार ४ सय ७२ ले मात्र नियमितता दिएका छन् । कपरटी १ हजार ३ सय ९० ले राखेकामा १९ जनाले मात्र नियमित प्रयोग गरेका छन् । इम्प्लान्ट भने ६ हजार १९ ले अपनाएकोमा ८२ जनाले मात्र नियमितता दिएका छन् ।

पुरुषका लागि कण्डम १ लाख ४३ हजार ५ सय ६८ गोटा वितरण भएको छ । जिल्ला अस्पताल, ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र र ६४ स्वास्थ्यचौकीले जिल्लामा परिवार नियोजन सेवा दिँदै आएका छन् । बर्सेनि ०.०३ प्रतिशतले निरन्तर प्रयोगकर्ताको संख्या बढे पनि थप प्रयोगकर्ता अपेक्षित रूपमा बढ्न नसकेको तथ्यांक सहायक मुकुन्द दाहालले बताए ।

‘परम्परावादी विचार, चेतनाको कमी, गरिबीले गर्दा परिवार नियोजन जुन अनुपातमा हुनुपर्ने हो त्यसअनुसार हुन सकेको छैन । चेतना अभावले एकदमै प्रभाव पारेको छ,’ दाहालले भने, ‘प्रयोगकर्ता नभएका होइनन्, वृद्धि हुनुपर्ने जति भएको छैन, त्यसमा पनि पुरुष एकदमै कम छन् ।’

स्रोतः कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: