पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया


प्रकाशित मिति :2017-04-05 14:48:12

यमुना खनाल

सिरहा । गत फागुन एक गतेदेखि जिल्लामा पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया भइरहेको छ । फूल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा पाठेघर खस्ने समस्या भएका महिलाको निःशुल्क उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सेवा शुरु भएको डेढ महिनाको अवधिमा ५४ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका डाक्टर शिव शंकर शाहले बताउनुभयो ।
अस्पतालले दिएको जानकारी अनुसार पाठेघर खस्ने समस्या भएका महिलाले स्वास्थ्य परीक्षण, औषधी, रिङ प्रेसरी निःशुल्क पाउने व्यवस्था गरिएको छ । यसबाहेक शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिला र विरामी कुरुवाको लागि यातायात खर्च समेत प्रदान गरिएको छ ।

हरेक हप्ताको आइतबार, मंगलबार र बिहिबार महिलाको पाठेघर जाँच गरिने र शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलालाई निःशुल्क शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । यो सेवा जेठसम्म सञ्चालन हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: