‘अधिकार भन्दा पहिले सम्मान देऊ’


प्रकाशित मिति :2017-04-05 16:43:47

महिला खबर

काठमाडौँ । अपांगता भएका महिलाहरूले आफूहरुलाई आत्मसम्मानपूर्वक जिउने वातावरण खाँचो रहेको औल्याएका छन् । अधिकार मुख्य विषय भएपनि सम्मानविनाको अधिकार कागजमै मात्र सीमित हुने उनीहरूको भनाई थियो । ‘हामीलाई कानूनी अधिकारको जति खाँचो छ, त्यसभन्दा अघि सम्मानपूर्वक बाँच्न  पाउने वातावरणको खाँचो छ ।’ शारीरिक  अपांगता भएका ललितपुरकी शान्ति नकर्मीले भन्नुभयो ।

अपांग भएकालाई सम्मानपूर्वक जिउनका लागि परिवार पहिलो प्राथमिकता भएकाले परिवारभित्र अपांगमैत्री वातावरण र सोंचको खाँचो रहेको उहाँले बताउनुभयो । तिमीले गर्न सक्दैनौं भन्ने दया, मायाको भाव भन्दा काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने अर्का अपांगता भएकी काभ्रेकी सुनिता लामाले बताउनुभयो । अपांगता भएका आदिवासी जनजाति महिलाहरूको मुद्धा पहिचानका लागि राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन् ।

जनजाति समुदायका अपांगता भएका महिलाहरू अपांगत वा महिला भएर मात्र नभई जनजाति महिला भएका कारण फरक खालको समस्या र भोगाई हुने भएकाले उनीहरूको समस्या पहिचान गर्न राष्ट्रियस्तरको छलफल गरेको संघका अध्यक्ष प्रतिमा गुरुङले बताउनुभयो ।

सो अवसरमा सहभागीहरुले राज्य, समाज र परिवारले अपांगमैत्री पहुँचयुक्त वातावरण निर्माण गर्नुपर्ने, अपांगता भएका महिला, उनको परिवार र सरोकारवाला सबैलाई चेतनामूलक तालिम दिनुपर्ने, हरेक कार्यालयले अपंगा भएकाहरुको समस्या बुझ्ने हेल्प डेक्स खडा गर्नुपर्ने, बौद्धिक अपंगता भएकालाई विशेष हेरचाह, शिक्षा, स्वास्थ्य, खेलकूद, सीपमूलक तालिम तथा स्वरोजगारका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । अपंगा भएकाको समस्या, उनीहरुको क्षमता र सघर्षका कथा संचार माध्यमले पनि प्राथमिकता दिनुपर्ने उनीहरुको माग थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: