महिला, दलित र अल्पसंख्यक उम्मेदवारलाई धरौटीमा पचास प्रतिशत छुट


प्रकाशित मिति :2017-04-05 17:38:45

महिला खबर

काठमाडौ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने महिला, दलित र अल्पसंख्यक समुदायका उम्मेदवारले धरौटीमा ५० प्रतिशत छुट पाउने भएका छन ।

स्थानिय तह निर्वाचन नियमावली २०७३ ले व्यवस्था गरेअनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाको सदस्यमा उम्मेदवारी दिने महिला, दलित र अल्पसंख्यक समुदायका व्यक्तिले २५० रुपैयाँ, त्यस्तै जिल्ला समन्वय समितिको सदस्यको लागि १ हजार पाँचसय रुपैयाँ र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको लागि २ हजार रुपैयाँ धरौटी लाग्नेमा ५० प्रतिशत छुट पाउने भएको हो ।

महिला, दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई प्रोत्साहन स्वरुप उम्मेदवारीको धरौटीमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले भन्नुभयो ।

आयुक्त यादवले यसपालीको निर्वाचन कानुनले महिलालाई विशेष व्यवस्था गरेको बताउनुभयो ।  वडामा २ जना महिला उम्मेदवार आउने भएकाले स्थानीय तहमा महिलाको संख्या बढ्ने भएता पनि दलित महिलाको सवालमा स्पष्ट कानुन नवोलेकोले आरक्षण पदमा दलित महिला नभए के गर्ने भन्ने विषयमा  संसदमा जानकारी गराएको उहाँले बताउनुभयो ।

‘आरक्षण सीटमा दलित महिला नभए के गर्ने भन्ने कुरा कानुनमा नवोलेको हुनाले संसदमा जानकारी गराएका छौ ।’ यादवले भन्नुभयो ।

आयुक्त यादवले निर्वाचनको समयमा महिला माथि हुनसक्ने हिंसा रोक्न पनि विभिन्न सचेतनामुलक कार्यक्रम गर्ने बताउनुभएको छ ।

निर्वाचन आयुक्त इला शर्माले स्थानिय तहको नेतृत्वमा ५० प्रतिशत महिला ल्याउन दलहरुसँग आयोगले छलफल गरेको वताउनुभयो । ‘पचास प्रतिशत महिला आउदैनकी भन्ने कुरा आएकाले महिलालाई पचास प्रतिशत नै ल्याउनुपर्दछ भन्ने विषयमा दलहरुसँग छलफल गरेका छौ’, आयुक्त शर्माले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: