गाउँ तथा नगरपालिकाको सेवाबारे अनविज्ञ


प्रकाशित मिति :2017-04-06 12:14:17

अप्रिल अधिकारी, रामेछाप । स्थानीय निकाय कार्यान्वयनसँगै जिल्लामा यसअघि गाविस तथा जिविस कार्यालयबाट सेवा लिदैँ आएका महिलाहरु नयाँ संरचना कुत तहमा कस्तो सेवा लिने भन्नेमा अनविज्ञ भएका छन् । वडा, गाउँ तथा नगरपालिका बनेसगैँ तिनले गर्ने काम र सेवाबारे थाहा नभएको बिजुलीकोटकी अनिता श्रेष्ठले बताउनुभयो ।
‘वडा, गाउँपालिका, नगरपालिका भन्छन्, तर काम कसरी हुन्छ, केही थाहा छैन ।’ श्रेष्ठले भन्नुभयो । क–कसको जिम्मेवारी के हुन्छ ? भन्ने थाहा नहुँदा चुनावमा कस्तो मान्छे छनौट गर्ने भन्नेमा समेत अलमल भएको उनले बताउनुभयो । चुनावको चर्चा सुनेपनि महिलाका लागि गरिएको व्यवस्थाका बारे जानकारी नरहेको बताउनुभयो ।
बिजुलीकोटकै अनिता श्रेष्ठको अहिले ठेगाना परिवर्तन भएको छ । केही अघिसम्म विजुलीकोट गाविस ठेगाना बताउँने अनिता स्थानीय निकाय कार्यान्वयनमा आएसगैँ उनको परिचय लिखु गाउँपालिका वडा नं ४ सँग जोडिएको छ ।
अनिताले हाँस्दै भन्नुभयो –‘आफ्नो ठेगाना याद गर्न नै मुस्किल छ, अरु कुरा त केही थाहा छैन ।’ बिजुलीकोटकी चन्द्रकुमारी विकले पनि महिलाहरुलाई नयाँ ठेगाना भन्न नै मुस्किल हुने गरेको बताउनुभयो । जिल्लामा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानीय निकायहरु कायम गरिएपनि यसअघि कायम गरिएका नगरपालिकाहरुमा केही गाविस थप हँुदा क्षेत्र विस्तार भएको छ, भने गाविसबाट नगरपालिकामा ठेगाना परिवर्तन भएकाहरु पनि पछिल्लो समय वडा बदलिँदा अलमलमा परेका छन् ।
स्थानीय निकाय कार्यान्वयनसँगै नगर र गाउँपालिकाको प्रमुख र उप–प्रमुख पद मध्ये एकमा महिला र प्रत्येक वडामा एक दलित महिला र एक अन्य महिला गरी दुई जना अनिवार्य निर्वाचित हुुनुपर्ने व्यवस्थाका बारेमा भने ग्रामिण महिलाहरु कम जानकार रहेका छन् ।
निर्वाचनमा भाग लिने राजनीतिक दलले समेत सो का बारेमा ग्रामिण भेगसम्म पुगेर जानकारी गराउन सकेका छैनन् । नगर र गाउँपालिका कार्यान्वयनसँगै ती निकायबाट हुने काम कार्बाहीको प्रक्रिया र महिला सहभागिता सुनिश्चितताका विषयमा भने छलफल हुन जरुरी रहेको महिलाहरु बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: