‘कोठीबाट छोरी फर्काइदिनुस्’


प्रकाशित मिति :2017-04-06 13:31:39

चितवन । पदमपुरकी सारुमाया (नाम परिवर्तन) निराश छिन् । उनलाई न खान मन छ, न निन्द्रा लाग्छ । दिनहुँ छोरी सम्झेर बिलौना गर्छिन् । छोरी सविता ९नाम परिवर्तन० चैत दोस्रो सातादेखि बेखबर छिन् । १७ वर्षीयालाई २ वर्षअघि मकवानपुर हाँडीखोला ७ की उर्मिला थिङ तामाङले ‘ब्युटी पार्लर’मा जागिर लगाइदिने भन्दै भारत पुर्‍याइन् । कमाइ गर्ने विश्वासमा सारुमायाले ९ हजार ऋण गरेर छोरीलाई उर्मिलाको साथ लगाइन् ।

त्यहाँ २ वर्ष बसेर उनी घर फर्किइन् । उनलाई फर्किंदा काम गर्ने ठाउँका बारेमा भन्न दिइएन । उनले दबाबमा गाउँभर राम्रो काम पाएको सुनाइन् । उनले बिहे गरिन् । तर वैवाहिक सम्बन्ध सुमधुर भएन । त्यसपछि पुनस् उर्मिलाको सहयोगमा गत भदौमा भारत पुगिन् । ५ मा पढ्दारपढ्दै छाडेकी थिइन् । ‘दोस्रोपटक भारत गएपछि छोरीले फोन गर्दै दुस्ख पाइयो भन्थी,’ सारुमायाले भनिन्, ‘घर आइज भन्दा पैसा छैन भन्दै रुन्थी ।’ अहिले फोनमा कुराकानी नभएको २ साता नाघ्यो । पहिलोपटक पठाउन आफैं रक्सौल पुगेकी थिइन् । उर्मिलाले रक्सौल कटाइदिन आग्रह गरेपछि उनले सुरक्षाकर्मीलाई आफ्नी छोरी बताउँदै नाका कटाइन् । उनी घर आइन् । छोरी कस्तो काममा गएको हो भन्नेबारे उनले सोधीखोजी गरिनन् ।

‘उर्मिला मलाई दिदी भन्थिन्, माया गर्थिन्,’ उनले भनिन्, ‘नराम्रो गर्लिन् भन्ने लागेको थिएन, तर यहाँबाट लगेकी चेली बिक्री गर्ने काम गर्दी रैछे ।’ उनले छोरी कोठीमा भएकाले निकालेर ल्याइदिन सरकारसँग माग गरेकी छन् । किशोरी कोठीमा रहेको खबरपछि शान्ति पुनस्स्थापना गृहको टोलीसित उनी पनि गत चैत ८ गते त्यही पुगेकी थिइन् । पहिले नयाँ दिल्लीस्थित जिबी रोडको कोठी नम्बर ५६ र ६४ मा पदमपुरका किशोरी रहेको खबरका आधारमा टोली त्यहाँ पुगेको थियो । सारुमायालाई आफ्नी छोरी त्यहीं रहेको विश्वास थियो । तर ४ दिनपछि छोरीसँग महाराष्ट्रको पुनाबाट फोन सम्पर्क भयो । उद्दारमा टोली गएको खबर पाएपछि भारतमा रहेको गिरोहले सवितालाई रातारात पुना पुर्‍याएको आमाले बताइन् । ‘हामी गएको थाहा पाउनासाथ अर्कै ठाउँमा सारिसकेछन्,’ उनले भनिन्, ‘खर्च नभएकाले पुना पुग्न सकिनँ ।’ पछि गृहको टोलीले उनलाई टिकट व्यवस्था गरेर बोलाएको थियो । छोरीसित सम्पर्क हुन सकेन । यो पीडा उनको मात्र होइन । गाउँका अन्य अभिभावकको पनि यस्तै पीडा छ । छोरी फर्किएर आएका छैनन् ।

निसानामा पदमपुर
स्थानीय बुद्धिमाया घलेका अनुसार पदमपुरको २ सय बिघा क्षेत्रमा ७५ जिल्लाबाट आएकाको बसोबास छ । भारतीयसमेत यहाँ बस्छन् । विपन्न बस्तीमा चेतनाको कमी छ । कमाउने आश्वासन देखाएर गिरोहले किशोरीलाई फन्दामा पार्ने गरेको छ । यसरी प्रलोभनमा पारेर कोठीमा लगेर बिक्री गरेको खुलेको छ । ‘नाता लगाएर यहाँका किशोरीलाई कोठीमा पुर्‍याउने गरेको पाइयो,’ उनले भनिन्, ‘आफ्नै नातेदार एजेन्ट बनेर किशोरी कोठीमा पुर्‍याउन सक्रिय छन् ।’ उनका अनुसार गाउँका ३ किशोरी अझै कोठीमा रहेको बताइन् । घले सिन शान्ति गृहको सहयोगमा १५ वर्षीयाको उद्धार क्रममा नयाँदिल्ली पुगिन् । कोठीभित्रको दृश्य देखेर रोएको सुनाइन् ।

कसरी पुर्‍याइन्छ ?
‘नाता’ लगाएर लैजाने गिरोह धेरै छन् । आफन्तको सहयोगमा सीमा क्षेत्र कटाउँछन् । सुरुमा नाता गाँस्न पुग्छन् । कसैको फुपू, कसैको मामा पर्नेलाई प्रयोग गर्छन् । यिनीहरूका एउटा समूह नेपालमा र अर्को भारतमा सक्रिय रहेको उद्धारमा संलग्नले बताए । गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराईका अनुसार भारतमा अधिकांश कोठी नेपालीले सञ्चालन गरेका छन् । यस्तो समूहले रक्सौल नाकाबाट धेरैलाई लैजान्छन् । कपिलवस्तुको बढनी, रुपन्देहीको बेलहिया, बाँकेको रुपैडिया, महेन्द्रनगरको वनबासा, धनगढीको गौरीफन्टा, विराटनगरको जोगबनी हुँदै पुर्‍याइन्छ । कोठीमा नारकीय जीवन बिताउन बाध्य पदमपुरका ३ किशोरी उद्दारको पर्खाइमा छन् । सञ्चालकले कोठी फेरिदिने गरेकाले उद्धारमा कठिनाइ भएको गृहले जनायो । १४, १६ र १७ वर्षका किशोरी उद्दारको पर्खाइमा छन् ।

गिरोह पक्राउ
नाता लगाउँदै किशोरी कोठी पुर्‍याएको आरोपमा मकवानपुर हाँडीखोला ७ की २५ वर्षीया उर्मिला थिङ तामाङलाई प्रहरीले गत भदौ २२ गते पक्राउ गरेको छ । उनलाई मानव बेचबिखनविरुद्ध मुद्दा चलाइएको छ । जिल्ला अदालतले असोज १३ गते उनलाई पुर्पक्षका लागि जेल चलान गर्‍यो । उनी पदमपुर गएर अभिभावकलाई फकाउँदै छोरीहरूलाई ब्युटीपार्लरमा राम्रो तलब आउने भन्दै फकाउँथिन् । त्यसका लागि किशोरीका नजिकका नाता पर्नेलाई प्रयोग गर्थिन् ।

सीमापारि पुगेपछि किशोरीलाई भारत लिएर जान्थिन् र आफन्तलाई घर फर्कादिन्थिन् । त्यसपछि छोरीसँगको सम्पर्क आफन्तबीच टुटाइदिन्थिन् । पढाइ कम, जागिरको लोभमा परेर जाने किशोरीलाई नसोचेको ठाउँ कोठीमा पुगेपछि रुँदैं बस्न बाध्य बनाउँथिन् । ‘पक्राउ परेकी उर्मिलामाथि उजुरी आउने क्रम जारी छ, घटनामा अन्य गिरोहको समेत संलग्नता हुन सक्छ,’ जिल्ला प्रहरीका इन्स्पेक्टर अञ्जना श्रेष्ठले भनिन्, ‘अहिले केही भन्न सक्ने अवस्था छैन, घटनाबारे अनुसन्धान जारी छ ।’

कानुनमा के छ ?
अधिवक्ता फूलमाया रानाभाटका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ०६४ तथा नियमावली ०६५ अनुसार किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको व्यवस्था छ ।

कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्राअनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । प्रचलित कानुनबमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र २ लाखदेखि ५ लाख रुपैयाँ सम्म जरिवानाको व्यवस्था छ ।

वेश्यागमन गर्नेलाई १ महिनादेखि ३ महिनासम्म कैद र २ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना छ । किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजानेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्मको जरिवाना छ । वा बालबालिका लगेको भए १५ वर्ष कैद र २ लाख जरिवानाको व्यवस्था छ ।

स्रोतः कान्तिपुर दैनिक 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: