जाग्दै कालिकोटे महिला


प्रकाशित मिति :2017-04-06 17:31:00

रमेश रावल

कालिकोट । पछिल्लो समय कालिकोट पलाता गाउँपालिकाका महिलाहरु समाज परिवर्तनको अभियानमा जुटेका छन् । परम्परागत कु–संस्कारका कारण महिलाहरु हिंसा खेप्न बाध्य भईरहेको भन्दैँ महिला हिंसा न्यूनिकरण, छुवाछुत मुक्त, छाउपडी मुक्त गाउँ बनाउन महिलाहरु सामुहिक अभियानमा लागेका हुन् ।

महिलाहरुले आमा समुह गठन गरी महिला हिंसा मुक्त गाविस घोषणा गर्ने अभियानमा जुटेको आमा समूहकी अध्यक्ष पदमकला धाँमीले बताउनुभयो । समुहले घरेलु हिंसा खेपिरहेका महिलाहरुको पक्षमा वकालत गर्ने, समस्या समाधानका लागि पहल गर्ने, बाल बिबाह न्यूनिकरणका लागि अभियान सञ्चालन गर्ने जस्ता सामाजिक कामहरु गरिरहेका छन् । साथै मासिक २० रुपैयाँका दरले बचत गर्ने र कसैलाई समस्या परेमा सहयोग गर्ने गरेको अध्यक्ष धाँमीले बताउनुभयो ।

विगतमा आफुहरुले बालबिबाह गरेकै कारण विभिन्न समस्या खेपेकाले अब छोरी बुहारीले ती समस्या झेल्न नपरोस भनी अभियान चलाएको धाँमीले सुनाउनुभयो । महिलाहरुको यो अभियानमा सामाजिक सेवा केन्द्र सोसेक नेपालले सहजीकरण गरिरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: