म्यादीमा महिला कम


प्रकाशित मिति :2017-04-06 18:08:08

महिला खबर

रामेछाप । स्थानीय तह निर्वाचन २०७४ को निर्वाचन प्रयोजनका लागि छनौट गरिएको म्यादी प्रहरीमा रामेछापका १ सय ४२ जना महिला छनौटमा परेका छन् ।

सदरमुकाम मन्थलीमा म्यादी प्रहरीको छनौट प्रक्रियामा सहभागी युवतीहरु ।

कुल ५ सय ६७ पदमा ४ सय २५ पुरुष छनौट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीका अनुसार जिल्लामा म्यादी प्रहरीको लागि ८ सय ८ जनाले आवेदन दिएकोमा महिला आवेदक १ सय ९६ मात्र रहेका थिए ।

उहाँका अनुसार महिलाको आवेदन कम परेकाले छनौटमा पनि कम परेको हो ।

छनौट भएका म्यादी प्रहरीहरुको कार्यक्षेत्र (जिल्ला) हेरफेर हुन सक्ने प्रवक्ता जोशीले बताउनुभयो । छनौट भएका अधिकांश म्यादी प्रहरी हाल तालिममा रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: